श्री ३ चन्द्रशमशेरलाई ढोगिदिंदा सानो पेस्तोल अनायाश गेहेन्द्रशमशेरको कोटको खल्तीबाट खस्यो । चन्द्र शमशेर निकै झस्किए ।
तर गेहेन्द्र शमशेरले यो उनलाई नै दशैंका अवसरमा चढाउन भनी बनाएको सबिस्तार विन्ति चढाए । त्यसको एक वर्षपछि गेहेन्द्र शमशेर देखा पर्न छाडे ।
गेहेन्द्र शमशेरले वैज्ञानिक आविष्कार गर्न थालेदेखि चन्द्र शमशेर उनीदेखि रिसले जल्न थालिसकेका थिए । चन्द्र शमशेर शंकालु पनि उत्तिकै थिए ।
उनी दाजु देवशमशेरलाई रातारात धनकुटा लखेटेर आफू श्री ३ भएका थिए । यो पृष्ठभूमिका चन्द्र शमशेर विश्वास गर्न लाायकका थिएनन् ।
गेहेन्द्र शमशेरले देवशमशेरलाई देवता जस्तै माने पनि चन्द्रशमशेर गेहेन्द्रदेखि त्रसित थिए । हतियारका बारेमा निकै खोज, अनुसन्धान र सहकार्य गर्न चाहने उनको प्रविधिसम्बन्धी भोकज्ञज्ञ र खोज उनका लागि बरदान र अभिशाप दुवै साबित भयो ।
नेपालका पहिलो वैज्ञानिक हुन् गेहेन्द्र शमशेर । वि.सं १८७१ मा जन्मेका उनी १९०६ मा वेपत्ता पारिएका थिए । उनी हतियार आविस्कारमा दक्षिण एशियाकै अग्रणीमा गणना गरिन्छन् ।
तर उनको सीप र प्राविधिक ज्ञान अरू कसैमा पनि सरेन । विज्ञान तथा प्रविधिमा गेहेन्द्र शमशेरको निकै चासो थियो । यो चासो र क्षमता उनी हतियार तथा बन्दोबस्ती शस्त्रागारको प्रमुख बनाइएपछि व्यवहारतः देखा परेको थियो ।
उनले बि. सं. १८ औं शताब्दीको अन्त्यतिर नै तात्कालीन नेपाली सेनालाई चाहिने हातहतियार, बारूद तथा बन्दोबस्तीका सामान आफ्नै नेतृत्वमा स्वदेशमै उत्पादन गरी आत्मनिर्भर बनाएका थिए ।
त्यतिबेलै उनले सुन्दरी जल, बालाजु, जमल र भोजपुरको मेघचन भन्ने ठाउँमा ससाना धातु उद्योग, पानी घट्ट, चामल मिल, हावाको पंखा तथा ठूला घट्ट र जलविद्युतसम्म निकालेका थिए । यी सबै नेपालका लागि आधारभूत आविष्कार थिए । तर तिनको संरक्षण हुन सकेन ।
गेहेन्द्र शमशेर आफैले कार बनाएर पृथ्वी वीरविक्रमलाई उपहार दिएका थिए । नेपाली सेनासँग रहेको एकनाले राइफल अपूरो देखेर उनले दुईनाले राइफलको आविष्कार गरेका थिए । त्यसमा आफ्नो नामको अघिल्लो अक्षर ‘गे’ लखेका थिए ।
त्यसै बखत उनले बनाएको नयाँ मोडेलको तोपको निकै चर्चा थियो । त्यसको नाम हजुरबाजे धीरशमशेरको नामबाट ‘धीर’ भनी राखेका थिए ।
त्यो धीर तोपको आवाज काठमाडौं उपत्यकाको चारै कुनामा सुनिन्थ्यो । शाही सलामीमा मात्र यसको प्रयोग गरिन्थ्यो ।
सुरूमा सत्तासिन राणाहरू उनको आविष्कारबाट निकै खुशी थिए । राणा परिवारमा उनको निकै बखान हुन्थ्यो पनि । उनलाई जापानमा प्रविधि सिक्न पठाइएको थियो ।
उनले निकै मेहनतका साथ त्यहाँका प्रविधिबारे अध्ययन गरेका थिए । स्वदेशमा फर्किएपछि नेपालको प्रविधिमा निकै सुधार गरेका थिए ।
सैनिकीकरणमा पनि ठूलो सुधार आएसँगै फौजी तालीम र व्यावसायीकरण हुन थाल्यो । मा सुधार आयो ।
बि. सं. १९६३ को दशैंका अवसरमा उनले आफूले निर्माण गरेको नयाँ पिस्तोल तात्कालीन श्री ३ चन्द्रशमशेरलाई उपहार चढाउन मन लाग्यो ।
उनले निकै मेहनतका साथ सानो जहाँ पनि सजिलै छिपाउन सकिने चिटिक्कको पेस्तोल बनाएका थिए । यही पेस्तोल उनको वेपत्ताको कारण बन्यो ।