काठमाडौं । अभिनेत्री सुरक्षा पन्त आज वैवाहिक बन्धनमा बाँधिएकी छन्। लामो समयदेखि प्रेममा रहेका यी दुईको सम्बन्धबारे गएको प्रणय दिवसमा मात्रै खुलासा गरिएको थियो।
हिजो मात्रै प्रेमी मानव सुवेदीसँग टीकाटालो गरेकी सुरक्षाले आज विवाह गरेकी हुन्। मानव र सुरक्षा ७ वर्षदेखि प्रेममा थिए।