विश्वभर हरेक वर्ष मार्च ८ का दिन नारीको सम्मान, बलिदान, प्रेम, आदार, सम्मान स्वरूप विभिन्न कार्यक्रम गरि नारी दिवस मनाइन्छ । मार्च महिनालाई नारीमय महिनाको रूपमा पनि लिइन्छ । यस महिना भरि नारी सम्बन्धि विभिन्न कार्यक्रमहरु गर्दै आएको पाइन्छ ।
पछिल्लो समय नेपालमा पनि नारी सम्बन्धि नारीको हक, अधिकार र संरक्षणको लागि विभिन्न संघ संस्थाहरुको स्थापना हुँदै आएको छ भने नारी सम्बन्धि विभिन्न कार्यक्रमहरु पनि गर्दै आएको पाइन्छ । नेपालमा महिलाको हक, अधिकार र संरक्षण र प्रवर्द्धन गरि विकासको मूल प्रवाहमा महिलालाई प्रवाभकारी रूपमा समाहित गर्न र महिलाको समग्र विकास गरि लैङ्गिक न्याय कायम गर्नका लागि ९२औँ अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा वि.सं २०५८ फागुन २३ गते (७ मार्च २००२) का दिन सरकारको कार्यकारी निकायबाट राष्ट्रिय महिला आयोगको गठन भयो ।
यस आयोगलाई नेपालीको संविधानले संवैधानिक निकायका रूपमा व्यवस्था गरेको छ । वर्तमान अवस्थालाई नियाल्दा लैङ्गिक समानता महिला अधिकार, महिला विकास, महिला विरुद्धका हिंसा, अपराधको नियन्त्रण गर्न नीतिगत तथा कानुनी सुझाव दिन जिम्मेवार पाएको यस आयोगले बढ्दै गएको अपराधिक घटनाहरु जस्तै बलात्कार नाबालिका, बलात्कार, एसिड छर्काउने प्रवृत्ति, ठाउँ ठाउँमा भएका बालविवाह, छाउपडी प्रथा जस्ता कार्यको विरुद्धमा अझ विशिष्ट भूमिका निर्वाह गर्नु पर्ने आजको आवश्यकता देखिन्छ ।
लैङ्गिक विभेद युक्त सामाजिक संरचना भित्र रहेर नेपाली महिलाले सदियौंदेखि भोग्दै आएका शरिरीक, मानसिक, यौनजन्य लगायतका यातनाहरु अन्य गर्नका लागि भइरहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयास सहित लैङ्गिक समानता कायम गर्दै समतामूलक तथा हिंसामुक्त समाज निर्माण गरि महिलाको अधिकारलाई मानव अधिकारको रूपमा स्थापित गर्न र महिलाहरुको योगदानलाई राष्ट्रिय विकासको मुल धारमा समहित गराउने उद्धेश्यका साथ २०६६ भाद्र २८ गते महिला अधिकार अनुगमन राष्ट्रिय सञ्जालको स्थापना भयो ।
देशको दिगो विकास र उन्नतीका लागि महिलाको सामाजिक, आर्थिक, राजनैतिक सशक्तिकरण अत्यन्तै जरुरी पक्ष हो । देशको हरेक क्षेत्र, वर्ग, भाषा, धर्म र जातजातिको महिलाहरूको सुनिश्चित गर्दै समाजमा विद्यमान लैङ्गकि भेदभाव, साँस्कृतिक कुप्रथाहरु अन्त्य हुनु जरुरी छ । नारी दिवस महिला जागरुकता सम्बन्धि दिवस हो । जसले विश्वभरका नारीहरुको उत्थान र अधिकारीक समानताका लागि नाराहरु सहित मार्च ८ का दिन भव्यताका साथ मनाउने गरिन्छ ।
विश्व नारी दिवसको निरन्तरताको प्रयास अनुरुप कडा प्रयत्नमार्फत् अझ बढी सशक्त एवम् सचेत भएर विश्वका हरेक नारी उल्लेखित उद्धेश्यहरुका लागि नवीन आयामतिर पूर्ण विश्वासका साथ लम्कनु पर्ने देखिन्छ । समय परिवर्तनशिल छ । समाजले फड्को मार्दै गइरहेको छ । हाम्रो समाजमा रहेको लैङ्गिक विभेद र कुप्रथाहरुमा विस्तारै परिवर्तन आएको जस्तो देखिन्छ भने पूर्णरूपमाभने परिवर्तन आउन सकेको छैन ।
वर्तमान नारीको अवस्था :
नेपालीको संविधानले महिला, पुरुष बराबरी भनिएता पनि कार्यान्वयन भने हुन सकेको छैन । हामीले यो कुरालाई पनि नकार्न सक्दैनौं । नेपालीको राष्ट्रपति जस्तो गरिमामय पदमा महिला पद वहाल हुनुहुन्छ । हामीले न्यायाधीश महिला, उपसभामुख महिला पाइसकेका छौं तर पनि देशमा रहेको कमजोर कानुनी प्रवधान तथा नेपाली समाजमा सदियौंदेखि रहेको पैत्रिक अनि लैङ्गिक संरचनाका कारण दैनिक जस्तो समाचार माध्यमरूमा महिला हिंसाको अनेकौं घटनाहरू सार्वजनिक भइरहेको देखिन्छ ।
यस्ता किसिमका घटनाहरु आइरहँदा अनि विश्वभर र नेपालमा पनि नारी दिवसको उल्लास र मार्च महिना नारिमय भनिरहँदा नारी दिवस भन्ने शब्दलाई कतै गिज्याइरहेको महसुस हुन्छ । कानुनी उपचारको बाटोमा रहेको तगारो र समाजमा रहेका अनेकौं अड्चनहरुकाबिच कति घटनाहरु अनेकन मुखौटा तथा शक्तिहरुकाबिच लुकाइने र दबाइने गरेका घटनाहरु प्रशस्तै देखिन्छ । कतै विद्यालयमा शिक्षकबाट विद्यार्थी बलात्कृत हुने त कतै आफ्नै बुबा, काका, हजुरबुवाबाट नाबालिकाहरु बलात्कृत घटनाहरु आइरहेका हुन्छन् भने अझै पनि हाम्रो समाजमा बोक्सीको कुटपिट गर्ने जस्ता जघन्य अपराधका घटनाहरु बाहिरीइरहेका छन् ।
कतिपय ठाउँमा धर्मका नाममा महिलालाई अछुत जात, तल्लो जात भनेर तल्लो दर्जामा राखेको पाइन्छ । अझै पनि नेपालीको कतिपय ठाउँमा किशोरीहरुको लागि छाउगोठ प्रशस्तै छन् । जहाँ पहिलोचोटी महिनावारी हुँदा त्यहाँ बस्न बाध्य हुन्छ । विभिन्न समस्या भोग्नुपर्छ भने केही वर्ष अघि सर्पको टोकाईबाट किशोरीले ज्यान गुमाएको नमिठो घटना हामी माझ स्मारण छ ।
वर्तमान अवस्थामा पनि कुमारी प्रथा, झुमा प्रथा, देउकी प्रथा जस्तो सामाजिक तथा धार्मिक प्रथाहरुले जरो गाडे बसेको छ भने आधुनिकतातिर कोल्टे फेर्दा छोरीको हत्यारा आमाबुबा नै हुन पुगेका छन् । जहाँ गर्भभित्र रहेकी छोरी आफ्नै आमाबुवाबाट जोगिन सकिंदैन । जसले यो संसारमा पाइला टेक्ने अवसर पनि पाउँदैन । गर्भमा छोरी छ भन्ने थाहा पाउँदा ३ महिना पनि आमाका कोखमा बस्न नपाई भ्रुण हत्या गर्छन् । यदि नेपालको कानुन भरपर्दो र बलियो भएको भएनारी दिवसको नारा जस्तै नारी र पुरुष समान हुन्थ्यो होला ।
नारी पुरुष सराकरी सधै भरि बराबरी :
नारी नुनिलो आँशुका धारा अमृतमय दुध पिलाउन सक्ने सृष्टिका सरक्षक हुन् । भनिन्छ, नारी पुरुष एकै रथका दुईवटा पाङ्ग्र हुन् । एउटाबिना अर्को अपुरो र अधुरो रहन्छ । हामी २१औं शताब्दीको अन्त्यतिर आइसकेका छौं । नेपालको समग्र पक्षलाई नियाल्दै जाने हने भने महिलाहरुले हरेक क्षेत्रमा आफ्नो स्थान ओगट्दै गएको देखिन्छ ।
अहिले नेपालीको राजनीतिक अवस्थालाई हेर्ने हो भने राष्ट्रिय पति जस्तो प्रमुख पदमा महिला रहेका छन् । अहिले विभिन्न क्षेत्रमा महिलाहरुले आफूलाई चिनाउन सफल भएको छ । पहिला छोरीलाई पढाउन हुन्न भन्ने समाजले अहिले छोरीलाई पढ्नकै लागि विदेशसम्म पठाएको पाइन्छ ।
अहिले महिलाहरू हावई जहाज चलाउनेदेखि लिएर विभिन्न यातायातका सधानहरु चलाउन छन भने प्रहरी र सेनादेखि लिएर सडक व्यापार गर्नेसम्म पछि पर्दैन । शौचालयदेखि सदनसम्म नारीमैत्री स्वारहरु गुन्जियोस् नारी समनता भनेको नारी र पुरुषबिचको द्वन्द्व नभएर अगुवाइ गरिरहेको सामाजिक संरचनाले तोकिदिएको महिला र पुरुष बिचको विरोधाभाष, परिधि, सिमा अनि समानताको ठूलो दुरी हो । जसलाई चिन्न नवपुस्ताले महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ ।
विश्व परिप्रेक्षको कुरा गर्दा आमा दिवस या प्रेम दिवस विशेष दिवसहरुमा मानिसहरूले आफ्नो आमा या मायालुलाई ससम्मान या स्नेह व्यक्त गर्छन् । आउनुहोस् नारी दिवसमा एकफेर सङ्कल्प अनि सम्झना गरौं । ती नारी पात्रहरुलाई जसले हाम्रो जीवनमा स्नेह अनि ममताको वर्षको गराएका छन् । सबैप्रति एक फेर कृतज्ञ बनौं, सदासर्वदा सम्मान गर्ने प्रतिबद्ध जहेर गरौं । नारी समाजको अपरिहार्य शक्तिको रूपमा रहन्छन् ।
आमाको काख, दिदीबहिनीको स्नेह, श्रीमती अनि मायालुको मायामयी सबै नारी पात्र यिनको प्रगाढ मायाको पछ्यौरी भित्र नै एउटा पुरुषको जीवनको अवयवहरु चलायमान हुन्छन् । एक अर्काको विविधता सहितका गुणहरुको सम्मान तथा आत्मसाथ गरौं । समानतालाई सहकार्यमा रूपान्तरण गरौं । नारीहरु आमा रुपका जीवित देवी हुन् । यो प्रकृतिको अनि समाज चक्रको कारण हो । सुन्दरता अनि समानता दुवैको समानान्तर लहरहरू बढ्दै जाओस्, सम्पूर्ण आमा, हजुरआमा, दिदीबहिनी समग्र रूपलाई धेरै शुभकामना ।