• आश्विन १४ २०८१, सोमबार

पर्या साहित्य तथा अन्तरक्रियामा सहभागी हुन आग्रह

फाल्गुन १७ २०७९, बुधबार

काठमाडौं । २० गते शनिबार काठमाडौंमा पर्यावरण सम्बन्धि अन्तरक्रिया गरिने भएको छ । अखिल नेपाल लेखक संघद्वारा आयोजित सो अन्तरक्रियामा कला र साहित्यका बारेमा पनि बहस गरिनेछ । यो कार्यक्रम बातलाबाको २६औं श्रृङ्खला अन्तरगत आयोजना गरिँदैछ ।

आयोजकले कार्यक्रममा सहभागी हुन काठमाडौंको प्रदर्शनीमार्गस्थित पद्मोदय स्कुलमा दिउसोका २ बजे सबैलाई निमन्त्रणा गरेको छ । सो अवसरमा पर्या साहित्यका वक्ता विजय हितानको साथमा कविता वाचन पनि गरिनेछ भने यस कार्यक्रमको टिप्पणी प्रगति राईले गर्नेछन् ।