• आश्विन १४ २०८१, सोमबार

देशभर मनाइयो ४१औं मगर एकता दिवस

फाल्गुन १५ २०७९, सोमबार

काठमाडौं । नेपालका मगर समुदायले आज आफ्नो ४१औं मगर एकता दिवस देशभर भव्यतापूर्वक मनाएका छन् । दाङ, रोल्पा, रुकुम, बुटवल र काठमाडौं लगायतका जिल्लाहरुमा यो दिवस मनाइएको समाचाहरु आएका छन् ।

यसैबीच काठमाडौंको कलङ्कीमा रहेको नेपाल मगर संघको केन्द्रिय कर्यालयमा एकआपसमा शुभकमना आदानप्रदान गरि मगर दिवस मनाइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा अधिवक्ता गौबहादुर मगरले आफू मगर संघको स्थापना कालदेखि नै सो संस्थामा आवद्ध रहेको बताए । उनले त्यतिबेला जातीय संस्थाहरुले गर्ने सभा र सम्मेलनहरुलाई तत्कालिन सरकारले प्रतिबन्ध लगाउने गरेको अनुभव पनि सुनाए ।

साथै उनले २०४६ सालको जनआन्दोलनले भाषा र संस्कृतिको आधिकारलाई खुकुलो बनाएकोले २०४८ सालमा नेपाल मगर संघ स्थापना हुन सकेको बताए ।

कार्यक्रममा झबिन्द्र पुनमगरले स्वगत मतब्य राखेका थिए । कार्यक्रममा ज्ञात–अज्ञात सहिदहरुको सम्झनामा १ मिनेट मौनधारण गरिएको थियो ।

कार्यक्रमका विशेष अतिथि विजय हितान मगरले वि.सं २०३८ मा समन्वय गरी २०३९ मा नेपाल मगर संघको स्थपना गरिएको बताए । सो अवसरमा उनले स्थापना कालमा आफूले मगरको इतिहासको बारेमा पत्र बाँड्ने काम गरेको स्मरण गरे ।

उनले मगर संघको स्थापना कालदेखि आजसम्म खासै सन्तोषजनक उपलब्धिमूलक काम गर्न नसकिएको भएपनि अब भने संघले प्रगति गर्नेमा आफू विश्वस्त रहेको बताए ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि संस्कृतिविद बमकुमारी बुढामगरले माघे संक्रान्ति र मगर दिवस मगर समुदायको मुख्य पर्व भएकोले यी पर्वहरुलाई अझ व्यवस्थित गर्न मगर सङ्घले पात्रो प्रकाशित गर्नुपर्नेमा सबैको ध्यान केन्द्रित गरिन् ।

समारोहको अन्त्यमा मगर भेषभूषामा नाचगान गरियो भने मगर समुदायले खाने परिकारहरु खानपिन गरि रमाइलोका साथ कर्यक्रम समापन गरियो । उता दाङको हापुरेमा पनि मगर दिवस मनाइएको छ । मगर दिवस मनाउन आयोजना गरिएको सभालाई माओवादी केन्द्रका सांसद धनबहादुर मास्की‘राजेश’ले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा मास्कीले मगर लगायत पुरानो सत्ताबाट पिछडिएका जात–जातिहरुले अब भने स्वतन्त्रता पाएको र अधिकारका लागि भने जागरुक भइरहनु पर्नेमा जोड दिए ।