• मंसिर १७ २०८१, सोमबार

मान्छेको ठूल्दाजु डाइनोसर

फाल्गुन १५ २०७९, सोमबार

संसार र सांसारिक जगतको इतिहास विचित्रको छ । मानिसले आफ्नो जेठो दाजु डाइनोसर हो भन्ने पनि स्वीकार गर्न सकिरहेको छैन । मानिस कहिले इश्वर त कहिले प्रकृतिले जनमाएको भनिरहेको छ । तर मानिसको उतपत्ति डाइनोसर लोप भएपछि भएको हो ।
डाइनोसर भन्ने बित्तिकै सबैको मनमा अजंगको ठूलो न ठूलो जनावरको चित्र आउँछ । भूत, प्रेत र राक्षस भनेपछि साना नानीहरू जसरी डराउँछन्, डाइनोस

रको नाम लिने बित्तिकै सबैको जीउ सिरिङ्ग हुन्छ । डाइनोसर आफैमा मांसहारी जनावर भएकाले पनि नाम सुन्ने बित्तिकै डरलाग्ने भएको हो । जमिनमा हुने हात्ती र पानीमा हुने ह्वेलभन्दा पनि ठूलो जनावर मानिन्छ, डाइनोसर ।

आजभोलि हामीसँग भीमकाय शरीर भएको डाइनोसरको केवल कथामात्र बाँकी छ । डाइनोसरको युग इतिहास बनिसकेको छ । डाइनोसर पृथ्वीमा थिए भन्ने कुरा विज्ञानले सिद्ध गरेको विषय हो । अजंगका शरीर भएका ती डाइनोसरको युग लामो समयसम्म रहेको थियो । अहिले पृथ्वीमा मानिसलगायत विभिन्न जनावर, पंक्षी तथा कीराहरू र बोटविरूवाहरू छन् ।

तर डाइनोसरको युगमा पृथ्वी दलदल र हिलाम्य अवस्थामा थियो । अग्ला ठाउँमा केही रूख प्रजातिका विरूवाहरू थिए भने अधिकांश ठाउँमा हिलोमा उम्रने घाँस र झारपात नै बढी थिए ।

प्राणीहरूमा केवल डाइनोसरका प्रजाति मात्र थिए । त्यसमा पहाडजस्ता देखिने अजंगका डाइनोसरदेखि उड्ने पखेटा भएका चरा प्रजातिका डाइनोसरहरू आजभन्दा ६ कारोड ५० लाख वर्षअघिसम्म यस पृथ्वीमा अस्तित्वमा थिए ।

सबैभन्दा बढी संख्यामा रहेका उड्ने प्रजातिका डाइनोसर स्थानीय कुखुराजत्रा थिए । यिनीहरू उड्ने र कीरा खाने गर्दथे । ठूला साना सबै डाइनोसर आज राजनीतिक मानचित्रमा देखिने जमिनमा थिए । यसको अर्थ थियो कि यी संसारभर फिंजिएका थिए ।

आजको हिँउ नै हिँउले भरिएको अन्टार्कटिका महादेशमा पनि डाइनोसरहरू थिए, किनकि त्यति बेला पृथ्वीको भित्रीभाग आजको भन्दा बढी तातो भएकाले त्यहाँ हिउँ जम्न पाएको थिएन ।

सबैभन्दा पुरानो इओराप्टर नामको डाइनोसर त आजभन्दा २ करोड २८ लाख वर्षअघिसम्म पनि अस्तित्वमा थियो भन्ने ठानिन्छ । यी डाइनोसर पनि मांसहारी नै थिए । सबैभन्दा सानो आकारमा पाइएका डाइनोसर १० सेन्टीमिटर अग्ला थिए । आकारमा ती फिस्टो चराभन्दा पनि साना थिए ।

अहिलेका आधुनिक फिल्महरूमा डाइनोसरको आवाज सुनाइन्छ, त्यो कतै र कहीं पनि रेकर्ड भएको होइन । बरू त्यो त कछुवाको आवाजलाई रेकर्ड गरेर भयंकर ठूलो आवाजमा परिणत गरिएको हो । डाइनोसरको आवाज आजभोलिका कुन प्राणीसँग मिल्छ भनी खोजी गर्दै जाँदा कछुवाको मिल्नसक्ने भनी अनुमान गरेर त्यसैलाई ठूलो बनाइएको हो ।

यदि आजसम्मको इतिहासलाई २४ घण्टा बराबरको समय मान्ने हो भने पृथ्वीमा जीव विकासको चरण बिहान चार बजेको बेलाको जस्तो देखिन्छ । विरूवा जीवभन्दा अघि उम्रिएका थिए । त्यसैले अहिले पृथ्वीमा रहेका विरूवा बिहान दशबजेको समयसम्म आइपुगेका देखिन्छन् ।

डाइनोसरको लोप हुँदासम्मको समय हेर्दा ११.३० बजेको देखिन्छ । अनि सिंगो मानव इतिहास त ठीक १२.०० बजेपछि मात्र सुरू भएको पाइन्छ ।
बोलिभियामा अहिलेसम्म पनि ५ हजार डाइनोसरको खुट्टाको छाप भएको एउटा ठूलो ढुंगा अझैं पनि छ । यो ६ करोड ८ लाख वर्ष पुरानो मानिएको छ । चराहरूलाई आज पनि डाइनोसरका एक प्रजातिका रूपमा लिइन्छ । डाइनोसर कस्ता रङका थिए, त्यो एकिन भएको छैन ।