• मंसिर ११ २०८१, मंगलवार

अख्तियारको अख्तियारीमा जनचासो

फाल्गुन १३ २०७९, शनिबार

अख्तियारको सक्रियता बढेसँगै सात महिनाभित्र १० हजार उजुरी परेपछि आयोगले केही आशावादी कामहरू पो गर्ने हो कि भनी जनसाधरणका आँखा र कान टाठा हुन थालेका छन् । ‘साना माछा मात्र मारिरहेको’ र ठूला माछा आनन्दले सयर गरिरहेको भनी गम्भीर प्रकृतिको दोषारोपण भइरहँदा पछिल्लो समयमा अख्तियारले आफ्नो क्रियाशीलतालाई केही हदको उचाइसम्म छुने गरी काम थालनी गरेको देखिन थालेको हो ।

यो भन्दा पहिले आयोगले के कति अनुसन्धान गथ्र्यो, सोको लेखाजोखा जनसाधरणका बीचमा आउने गर्दैनथ्यो । तर अहिले उजुरीको मात्रा बढ्न थालेपछि सङ्ख्यात्मक रूपमा भए पनि जनता सुसूचित हुन भने पाएका छन् । अख्तियारका छानविनका कतिपय विषयहरू निरन्तर अनुसन्धानको प्रक्रियामा रहने भएकाले पनि झ्वाट्ट हेर्दा यो संख्यात्मक रूपमा जनतासामु आउन नसकेको देखापर्दछ ।

तर उजुरी पर्दा भने त्यसको सङ्ख्या सार्वजनिक हुने भएकाले जनतामा केही आशा अपेक्षा भने निम्तने गर्दछ । अहिले हरेक दिनजसो अख्तियारका मुद्दा अदालतमा आउने गरिरहेका छन् । यसले अख्तियारको गतिशीलतामा देखा परिरहेको प्रवेगलाई कम गर्न मद्दत गरिरहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्रियाशीलतासँगै आधा वर्षभित्र नै १० हजारको संख्यामा भ्रष्टाचारविरुद्ध उजुरी पर्नु जनतामा भ्रष्टाचार विरोधी भावनाको विकास हुनु र सचेतनाले काम गर्नु आदि कारक रहेका छन् । जनतामा भ्रष्टाचार विरूद्ध शुन्य सहनशीलताको चेतनाले व्यापकता पाउँदै गएमा देशमा बढिरहेको भ्रष्टाचार नियन्त्रणमा ठूलो बल मिल्ने देखिन्छ ।

यसमा जनताका माझमा भ्रष्टहरूले खडा गरेको सञ्जाल र कमिसनको जालो जनताका बीचमा ल्याउन सचेत नागरिक तथा अधिकाकर्मीहरूले उल्लेख्य भूमिका निर्वाह गर्नुपर्छ । अहिले नागरिक समाज निद्रामा छ । राजनीतिक विषयमा खरो उत्रने नागरिक समाज भ्रष्टाचारका बारेमा भने निस्क्रिय जस्तो रहेको छ ।

तर पनि सम्बन्धित निकायमा देखे, बुझेकाले उजुरी दिनसम्म आँट गर्नु र आफ्नो असल नागरिकको भूमिका निर्वाह गर्नु आफैमा सह्रानीय रहेको छ । कतै कतै त आफूले खान नपाएर अर्काले खाइरहँदा उसका विरूद्ध उजुरी दिनु पनि राम्रै काम भएको देखिएको छ । यसो गरेपनि भ्रष्टाचार नियन्त्रणमा सकारात्मक टेवा नै पुग्ने देखिन्छ ।

भ्रष्टाचार विरूद्धको उजुरी साधरणदेखि गम्भीर प्रकृतिका रहेका देखिन्छन् । अख्तियारमा आएका उजुरीको संवेदनशीलतालाई ख्याल गरेर आवश्यकता र सम्वेदनशीलता अनुसार तिब्रतामा अनुसन्धान प्रक्रिया थाल्न अख्तियारले विर्सनु हुँदैन । अीखतयार आफैमा अधिकारसम्पन्न निकाय भएपनि जनताको सहारा र सहयोग विना यसको काममा प्रभावकारिता आउँदैन ।

सस्तो लोकप्रियतालाई पनि अख्तियारले पछ्याउनु जरूरी छैन । तर जनताको आशा र अपेक्षालाई अख्खितयारले तिरस्कार र वेतवास्ता पनि गर्न मिल्दैन । अहिले सापेक्षतामा जनताका माझमा विकास भएको जनचेतना र निर्माण हुँदै गइरहेको भ्रष्टाचार विरोधी माहोललाई अख्तियारले जनताले गरेको प्रत्यक्ष सहयोगका रूपमा लिनसक्नु पर्छ ।

भ्रष्टाचार विरोधी उजुरी र माहोलले अख्तियारलाई वस्तुगत र तथ्यपरक बनेर काम गर्न मद्दत पुर्‍याउँछ । यसका लागि सचेत नागरिक र सम्बद्ध पक्षले तथ्यपरक सूचना उपलब्ध गराई कार्यसम्पादनमा सहयोग पुर्‍याउनु जरूरी हुन्छ । आयोग आफूले यस्तो बेलामा क्रियाशीलतालाई बढाएर लैजानु पर्छ ।