• मंसिर १७ २०८१, सोमबार

आबुई, मान्छे पनि यस्तो !

फाल्गुन ५ २०७९, शुक्रबार

बालापनपछि युवावस्था र त्यसपछि बृद्धावस्था गुजार्नुपर्छ भन्ने कुरा पनि ख्याल नराख्ने मानिसले आफ्नै शरीरमा भएका रहस्यमय कुराहरू थाह पाएको हुँदैन । यो मानिस स्वयम्कै लागि आश्चर्यको कुरा हो ।

मानिसको आँखामा रहेको कार्नियाले आफूलाई आवश्यक पर्ने अक्सिजन शरीरबाट नलिई सिधै हावाबाट लिने गर्दछ । किनकि कोर्नियामा रक्त सञ्चार हुँदैन । यो मानव शरीरको एक भाग भए पनि शरीर बाहिरको अंग झैं रहेको हुन्छ ।

मानव शरीरमा यति धेरै बोसो हुन्छ कि यदि त्यसबाट साबुन बनाउने हो भने सात कार्टुन साबुन बनाउन पर्याप्त हुन्छ । सबैभन्दा धेरै बोसो रहेका प्राणीहरूमा मानिस पनि पर्दछ ।

जन्मदेखि मृत्युसम्म पुग्दा मानिसका शरीरमा रहेका ३०० जति हड्डीहरूमध्ये उमेर बढ्दै जाँदा ३००मध्ये एकेक गरी हराउँदै गएर बुढेसकालमा मर्दासम्म जम्माजम्मी २०६ वटा हड्डी मात्र बाँकी रहन्छन् ।

अझ यसमा आश्चर्यलाग्दो कुरा त के पनि छ भने बच्चा हुँदा ९४ वटा हड्डीहरू खुट्टामा मात्र हुन्छन् । खुट्टामा शरीरको एक चौथाइ हड्डी हुन्छन् ।
मुटुलाई शरीरको बाहिरतिर झुण्ड्याए पनि यो निरन्तर धड्किइरहन्छ । तर समस्या यति मात्र हो, किटाणुको आक्रमण र संक्रमणले यसलाई छिटो असर गर्दछ । शरीर बाहिर मुटु बचाउन निकै समस्या हुन्छ ।

दिसा गर्दा मानिसले जति आनन्दले मुख रातो पारेर बिगारेको हुन्छ, त्यसैबेला त्यत्तिकै आनन्द र मजाले पेटले पनि त्यस्तै क्रिया गरिरहेको हुन्छ । त्यसै गरी पानीमा डुब्दा शरीरमा केही अंगहरू पौडनका लागि निकै प्रयास गर्दछन् ।

ती आफैमा डुब्दा शरीरमाथि पर्ने पानीको चापका कारण स्वचालित झैं क्रियात्मक हुन थाल्दछन् । पानीमा शरीर डुब्दा ती अंगहरूले शरीरमा पानी प्रवेश गर्नसक्ने सबै संभावित अंग र छिद्रहरू बन्द गरिदिन्छन् । मुखबाट भने स्वासप्रस्वास गर्न खोज्ने कारणले मात्र पेटमा पानी पर्न पुगेको हुन्छ ।

शरीरमा कहिलेकाहीं टेराटोमस नाम गरेका ट्युमर सिर्जना हुन सक्छन् । ती शरीरका लागि यति धेरै घातक हुनछन् कि तिनले वनमा काँढा उम्रिए झैं काँढा उमार्ने र रौंहरू फैलाउने गर्दछन् ।

अन्तरीक्ष यात्रीहरू अन्तरीक्षमा पुग्दा पृथ्वीको उचाइभन्दा २ इन्च अग्ला भएका हुन्छन् । त्यहाँको गुरूत्व सन्तुलनको वातावरणले त्यसो गराएको हुन्छ ।

मानिसको शरीरमा रहेको सबैभन्दा महत्वपूर्ण र संवेदनशील अंग गिदी अक्सिजन नभए पनि ५ देखि १० मिनेटसम्म जीवित रहेको हुन्छ । मानिस भोको रह्यो र भोकमरी पर्यो भने शरीर त दुब्लाउँछ नै मानिसको गिदीले आफ्नै कोषिकाहरू खान थाल्छ । शरीर सुक्नुका साथै गिदी पनि कम हुँदै जान्छ ।

मानिसले जब आफूलाई मन परेको गीत सुनेर आनन्द लिइरहेको हुन्छ, त्यतिबेला उसको मटुको धड्कन पनि गीतकै लय र तालमा धड्किइरहेको हुन्छ ।

मानिसको सानो आन्द्रा २३ फिट लामो हुन्छ । शरीरमा भएका दुईदुईवटा अंगहरूमध्ये मानिसलाई जीउन चाहिने भनेको एउटा मात्र हो । थप एउटा भनेको विकल्प हो । यसले एकअंग बिग्रिएमा अर्काले काम गर्छ । तर शरीर यति संवेदनशील हुन्छ कि दुवै अंगहरूलाई समान रूपमा आलोपालो परिचालन र नियमन गरिरहेको हुन्छ ।

एक जना मानिसको शरीरमा रहेका रक्त नलीलाई जोडेर एउटा पाइपजस्तै लामो बनाउँदै लैजाने हो भने एक लाख माइल लामो हुन्छ । मानिस बिहान अलि अग्लो र रातमा अलि केही होचो हुन्छ ।

मानिसले स्वास लिने र खाने एकैसाथ गर्न सक्दैन । मानिसको बायाँ किड्नी दायाँभन्दा केही अलिकति माथि हुन्छ । मर्दासम्म पनि वृद्धि भइरहने मानिसको अंग भनेको नाक र कान हुन् । गर्भावस्थामा गर्भवतिको गिदी केही खुम्चिएको हुन्छ ।