• मंसिर १२ २०८१, बुधबार

स्नेहा तामाङले पाइन् विश्व तामाङ सुन्दरीको ताज

फाल्गुन १ २०७९, सोमबार

काठमाडौं । विश्व तामाङ सुन्दरीको ताज सिक्किमकी स्नेहा तामाङले जितेकी छन् । भारतको सिलिगडी कोर्डयार्ड होटलमा सम्पन्न विश्व तामाङ सौन्दर्य प्रतियोगितामा १७ जना तामाङ सुन्दरीहरु सहभागी भएका थिए ।

अखिल भारत तामाङ बौद्ध संघ र सिक्किम तामाङ बौद्ध संघको सयुक्त आयोजनामा सम्पन्न दोस्रो विश्व तामाङ सौन्दर्य प्रतियोगितामा नेपालबाट ७ जना तामाङ सुन्दरीहरु, दार्जिलिङबाट ९ जना भुटानबाट १ जना सहभागी भएका थिए ।

विश्व तामाङ सौन्दर्य प्रतियोगिताको आयोजक एवं प्रमुख सरक्षक मिलन मोक्तानले तामाङ जातिको पहिचान मौलिक भेषभुषा संस्कृतिलाई जगेरा गर्न यस प्रकारको सुन्दरी प्रतियोगिता नेपालमा मिस सौन्दर्य २००६ देखि गर्दै आईरहेको बताउदै २०२१ देखि विश्व सौन्दर्य प्रतियोगिता शुरु गरिएको जानकारी दिए ।

गत वर्ष नेपालमा अनि यस वर्ष भारतका सिलिगुडीमा विश्व सौन्दर्य प्रतियोगिता आयोजना गरिएको बताउदै मोक्तानले यस किसिमको प्रतियोगिताले विश्वभर छरिएर रहेका तामाङलाई एकताबद्ध गर्ने प्रयास गरिएको बताए ।

विश्व तामाङ सुन्दरीको ताज स्नेह तामाङले प्राप्त गर्न सफल भइन् भने अन्य विभिन्न पाँचवाट विधामा पनि विश्व तामाङ सुन्दरी छनौट गरिएको थियो जसमा संस्कृतिक भेषभुषामा गंगा तामाङ, शिक्षामा सोनाम वाङ तामाङ, समाजिक कल्याणमा जेशमीन लामा, स्वस्थ्यमा लाजीम तामाङ, तामाङ भाषामा नमुना तामाङले जितेकी थिइन् ।