• आश्विन १४ २०८१, सोमबार

चर्चित नेपाली मिडियालाई लामिछानेले दिए ‘बाह्र भाई’को उपनाम, मोदीलाई के भने ?

माघ २२ २०७९, आईतवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकाबाट बाहिरिनका लागि आइतबार काठमाडौंको बसुन्धारास्थित केन्द्रिय कार्यालयमा पत्रकार सम्मलेन गरेको थियो । पत्रकार सम्मेलनमा पार्टी सभापति लगायत दर्जनौं नेता कार्यकर्ता उपस्थित थिए । सो अवसरमा सभापति रवि लामिछानेले आफ्नो पार्टी सरकारबाट बाहिरिएको घोषणा गरे ।

सो अवसरमा लामिछानेले वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई प्रदान गरेको समर्थन कायम राख्दै पार्टीका तर्फबाट भएका मन्त्रीहरुलाई फिर्ता बोलाई सरकारबाट बाहिरिने सर्वसम्मत निणर्य गरेको घोषणा गरे ।
उनले चार वर्षअगाडि भनेका कुराको गलत अर्थ लगाएर सामाजिक सञ्जालमार्फत् गलत रुपमा व्याख्या गरेकाप्रति दुखेसो प्रकट गरे । पत्रकार सम्मेलनमा उनले आफ्नो सुरुवाती जीवनको दुख भोगाईको स्मरण सुनाए ।

उनले आफूले सदैव इमानलाई मध्यनजर गरी काम गरेको पनि व्याख्या गरे । उनले आफ्नो करिअरको सुरुवातसँगै आफू घेराबन्दीमा परेको बताए । सभापति लामिछानेले सदैव आफ्नो मातृभूमिको मर्यादाका लागि ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखेता पनि आफ्नो देशले बेवास्ता गरेकोमा दुखेसो पोखे ।

कार्यक्रममा उनले नेपालको चर्चित मिडिया कान्तिपुर, हिमालयन, अनलाइन खबर, रातोपाटी, सेतोपाटी र बाह्रखरी जस्ता मिडियाले आफूविरुद्ध अनैतिक क्रियाकलाप गरेको भन्दै ती मिडियालाई बाह्र भाईको उपनाम दिए । उनले नेपाली मिडियाले आफ्नो हरेक कार्यको खेदो खनेको आरोप समेत लगाए ।

उनले पत्रकार सम्मलेनमार्फत् भारतका प्रधानमन्त्री मोदीलाई समेत पत्रकारको भर नपरी स्वयम् प्रत्यक्ष उपस्थित भई वार्ता गरी देशको मित्रता अगाडि बढाउन अनुरोध गरे ।