• आश्विन १४ २०८१, सोमबार

टीका पुन सांगीतिक साँझका झलकहरु (तस्विरहरू सहित)

माघ २२ २०७९, आईतवार

काठमाडौं । टीका पुन सांगीतिक साँझ २०७९ सम्पन्न भएको छ । शनिबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा कार्यक्रम सम्पन्न भएको हो । उदिराम खड्काको सभाध्ययक्षता र दर्पण संगीतालयका कृष्णकुमार गुरुङ्ग, हरि पुनमगर र अमृत खातीको संयुक्त आयोजानामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको शुभारम्भ गरे ।

कार्यक्रममा गायक खड्ग गर्बुजामगर, वरिष्ठ गायक मिलन लामा, वरिष्ठ संगीतकार बीबी अनुरागी, वरिष्ठ गायक राजु परियार, लोकप्रिय गायक रामजी खाँण, लोकप्रिय सर्जक किरणबाबु पुन लगायतका अतिथिहरुको उपस्थिति थियो । कार्यक्रमलाई ४ भागमा विभाजन गरिएको थियो । टिका पुन सांगीतिक साँझ–२०७९ को सुरुमै वरिष्ठ गायिका टीका पुनले ‘आमा’ नामक गीतको बोलमा गीत गाइन् ।

त्यसलगत्तै उनले आफूले सांगीतिक यात्रा सुरु गरे यता गाएका विभिन्न भाकाहरु प्रस्तुत गरिन् । उनले गीत गाउँदै सम्पूर्ण गीतको पनि परिचय दिएकी थिइन् । प्रस्तुतीका क्रममा उनले जीवनमा भोगेका विभिन्न सुखदुःखका पलहरु पनि समेटिएकी थिइन् ।

प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले सर्जक पुनलाई सम्मान गरे । साथै सो अवसरमा अथार मगरात कलाकार संघ एवम् विभिन्न व्यक्तिहरुबाट सर्जक टीका पुनलाई सम्मान गरिएको थियो । सो अवसरमा सर्जक टीका पुनले उपराष्ट्रपतिलाई मायाको चिनो प्रदान गरिन् ।

कार्यक्रमलाई अझ मनोरञ्जन र रमाइलो बनाउन हाँस्यकलाकार खड्ग पुनमगरले हाँस्य प्रस्तुती प्रस्तुत गरे ।