• मंसिर १२ २०८१, बुधबार

‘पठान’ बन्यो बलिउडमा सबैभन्दा छिटो ३०० करोड भारु कमाउने फिल्म

माघ १८ २०७९, बुधबार

काठमाडौं । शाहरुख खान स्टारर फिल्म ‘पठान’ बलिउडमा सबैभन्दा छिटो ३०० करोड भारु कमाउने फिल्म बनेको छ ।

फिल्मले प्रदर्शनको सातौं दिनमा २१ करोड भारु कमाइ गरेको छ । सो फिल्म हाल विश्वभर रिलिज भइरहेको छ । ‘बाहुबली-१’ पछि शाहरुखको एक्सन स्टारर फिल्मले बक्स अफिसमा यो उपलब्धि हासिल गरेको हो ।

भारतमा पहिलो साता पठानको कुल कलेक्सन ३१५ करोड भारु छ । गत बुधबार रिलिज भएको यो फिल्मले पहिलो साता नेपाली बक्स अफिसमा समेत आक्रामक कमाइ गरेको छ । यद्यपि नेपालको कमाइ सार्वजनिक भइसकेको छैन । गत शनिबारसम्म नेपालमा फिल्मको कमाइ पाँच करोड नेपाली रुपैयाँ हाराहारीमा थियो ।

‘केजीएफ : च्याप्टर २’ (२०२२) को हिन्दी संस्करणले ११ दिनमा ३०० करोडको आँकडा छुन सक्यो । आमिर खानको दंगल (२०१६) ले त्यसका लागि १३ दिन लगाएको थियो । सञ्जु (२०१८) र टाइगर जिन्दा है (२०१७) दुवैले ३०० करोडको क्लबमा प्रवेश गर्न १६ दिन लगाए । यसैबीच आमिरको पीके (२०१४) र ऋतिक रोशनको वार (२०१९) ले ३०० करोडको उपलब्धि हासिल गर्न क्रमशः १७ दिन र १९ दिन लगाएका थिए ।