• आश्विन १४ २०८१, सोमबार

विश्वले बम बनाउन सक्छ तर सगरमाथा र लुम्बिनी बनाउन सक्दैन : मन्त्री किराती

माघ १२ २०७९, बिहीबार

काठमाडौं । ४४औं पर्यटक प्रहरी दिवस २०७९ सम्पन्न भएको छ । शुक्रबार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा पर्यटनको हलमा दिवस सम्पन्न भएको हो । विभागका महानिर्देशक होमप्रसाद लुइटेलको अध्यक्षतामा दिवस सम्पन्न गरिएको हो ।

प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरे । सो अवसरमा बोल्दै पर्यटन मन्त्री किरातीले प्रहरीहरुले राखेका यातायातको समस्याको सम्बोधन सकभर चाँडो सम्बोधन गरिने बताए ।

उनले सवारी साधन प्रहरीलाई अपिरिहार्य भएकाले यसलाई प्राथमिता दिइने बताए । उनले विश्वले न्युक्लियर बम जस्ता वैज्ञानिक आविष्कार गर्न सक्ने तर पर्यटनको धेरै सम्भावना बोकेको नेपाली भूमिमा रहेका सगरमाथा, लुम्बिनी र पशुपतिनाथ चाहेर पनि बनाउन नसक्ने दावी गरे ।

कार्यक्रक्रमका विशेष अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला श्रीपालीले जस्तोसुकै समस्या भएता पनि त्यसलाई सम्बोधन गर्न सरकार तत्पर रहने विश्वास दिलाइन् ।

कार्यक्रममा प्र.ना.उ सुगन्ध श्रेष्ठले काठमाडौं बाहेका १२ वटा जिल्लामा पर्यटन प्रहरी कार्यालय स्थापना गरिएको जानकारी दिए । उनले प्रहरीको समस्या र चुनौतीको व्याख्या पनि गरे । कार्यक्रममा संगीत विद्यालयबाट साँस्कृतिक प्रस्तृति प्रस्तुत गरिएको थियो । सो समारोहमा मन्त्री किरातीले पकेट डायरी पनि विमोचन गरे । पर्यटन बोर्डका कार्यकारी निर्देशक डा.धनन्जय रेग्मीले प्रहरीसँग हामी डरायता पनि पर्यटन प्रहरी भन्दा हामीलाई सुरक्षित भाव आउने बताए ।

उनले कोभिड-१९ को प्रसंगलाई स्मरण गर्दै पर्यटक प्रहरीले असंख्य पर्यटकहरुको उद्धार गरेकाले धेरै उपाधिका साथै गोल्डेन अवार्ड हासिल गरेको बताए । उनले पर्यटक प्रहरीको संख्या बढाउनु पर्नेमा पनि जोड दिए । उपत्यका प्रहरी कार्यलयका प्र.ना.म.नि मसउँद आलम खानले धार्मिक स्थलले भरिएको बताए ।

उनले लुम्बिनी, जनकपुर, पशुपति जस्ता धार्मिक स्थलले नेपाललाई विश्वसामु चिनाएको बताए । उनले हिमाल, पहाड र तराईले भरिएको नेपाललाई चराचुरुङ्गीको गुञ्जायमान र छहराले नेपालमा सौन्दर्यता थपेको बताए ।