• आश्विन १४ २०८१, सोमबार

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गरे रिडी लाउञ्जको उद्घाटन

माघ ७ २०७९, शनिबार

काठमाडौं । स्वस्थ्य जीवनको लागि अर्गानिक खानपिनमा हाम्रो अभियान’ भन्ने मूल नारासहित रिडी लाउञ्जको भव्यरुपमा  उद्घाटन गरिएको छ । शनिबार ललितपुरको जावलाखेलमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले रिवन काटेर रिडी लाउञ्जको  उद्घाटन गरे ।

सो अवसरमा वरिष्ठ कलाकार श्रेष्ठले लाउञ्जको डेकोरेसन र ढाकाको सजावटले अर्गानिकपनको महसुस गराएको बताए । उनले नेपाली अर्गानिक खानाको  प्रवर्द्धनमा  मद्दत पुर्याउनेमा  लाउञ्जको सफलताको लागि शुभकामना दिए ।

साथै उनले व्यङ्ग्य गर्दै आफूलाई आज निःशुल्क अर्गानिक खाना खान दिएको र आगामी दिनमा पनि खानामा डिस्काउन्टको व्यवस्था गरिदिए राम्रो हुने भन्दै ठट्यौली पाराले माहोललाई हाँसोमा परिवर्तन गराए ।

लाउञ्ज उद्घाटन कार्यक्रममा वरिष्ठ कलाकार तथा लोकगायिका कविता आले पनि उपस्थित थिइन् । कार्यक्रममा रिडी ग्रुपका अध्ययक्ष मानबहादुर बुढाले प्रमुख अतिथि श्रेष्ठलाई मायाको चिनो प्रदान गरेका थिए । त्यसैगरी रिडी  ग्रुपकी निर्देशक शारदा बुढामगरले कम्पनीका  सम्पूर्ण लगानीकर्ता, शेयरधनी, संचालक र उपस्थित अन्य अतिथिलाई खादाले सम्मान गरेकी थिइन् ।

रिडी लाउञ्जको संचालक समितिका अध्यक्ष झकेन्द्र घर्तीमगरले समृद्धिको लागि सामूहिक उद्यमशीलतालाई केन्द्रमा राखेर विभिन्न उद्यमशील परियोजनाहरु शुरु गरिरहेको रिडी  ग्रुपको मुख्य र अन्य ३९ जनाको लगानी रहेको बताए ।

स्वच्छ, स्वादिलो र अर्गानिक खानापनिमा नै यस लाउञ्जको मुख्य जोड रहेको उनको भनाई थियो । उनले आगामी दिनमा काठमाडौं उपत्यकाभित्र र देशका प्रमुख सहरहरुमा रिडी लाउञ्जको अन्य शाखाहरु संचालन गरिने योजना रहेको जानकारी दिए ।

उनले वरिष्ठ कलाकार श्रेष्ठबाट रिडी लाउञ्जको उद्घाटन मात्र नभई नयाँ अभियानको शुभारम्भ भएको बताए । उनले अन्त्यमा लाउञ्जका  सम्पूर्ण लगानीकर्ता, शेयर धनीहरुलाई धन्यवाद दिए र अन्य उपस्थित अतिथिलाई सांगीतिक वातावरणमा रमाउन र डिनरको स्वाद लिन आग्रह गरे ।

लाउञ्जको  सम्पूर्ण सजावट नेपालीको मौलिक पोशाक ढाकाबाट गरिएको थियो । लाउञ्जमा खुल्ला वातावरणमा  ब्रेकफास्ट, लञ्च, ब्रञ्च र डिनर गर्न सकिन्छ । यस लाउञ्जबाट गौरीशंकर हिमश्रृंखलाका साथै काठमाडौं उपत्यकाको  ३६० डिग्रीमा दृश्यावलोकन देख्न सकिन्छ ।