• मंसिर ११ २०८१, मंगलवार

डा. ह्यारी भण्डारीले अमेरिकी संसदमा लिए सपथ

पुष २९ २०७९, शुक्रबार

डा. ह्यारी भण्डारीले अमेरिकी संसदमा सपथ लिएसँगै उनको चर्चा नेपाली माझ व्यापक भएको छ । उनले अमेरिकाको मेरिल्याण्ड राज्यको ‘जनरल एसेम्वली’मा दोस्रो पटक विजय भएपछि सपथ लिएका हुन् ।

सपथ लिनेहरूमा नेपालीमूलका डा. ह्यारी भण्डारी मात्र हुन् । अमेरिकाको राज्य संसदमा प्रतिनिधित्व गर्ने उनी नेपाली मूलका संसद हुन् ।
मेरिल्याण्ड राज्यको राजधानी एनापोलिसमा आयोजित शपथ ग्रहण कार्यक्रममा उनले सपथ लिँदा हिन्दूहरुको पवित्र ग्रन्थ भागवत गीता हातमा लिएर शपथ लिएका थिए । ।

अमेरिकी प्रजातन्त्रको सुन्दर पक्ष भनेको समावेशीताका कारण आप्रवासी पनि मतदाता र उम्मेदवार बनेर मत दिएर चुन्ने चुनिने अधिकार पाउनु डा. भण्डारीको अभिव्यक्तिमा ठूलो उपलव्धि हो ।

सांसद भण्डारीका भनाइमा उनले आफ्नो जिम्मेवारी वहन गदैँगर्दा अमेरिकामा रहेका नेपाली भाषी, त्यही जन्मिएका अमेरिकन नेपालीको सपनालाई समेत केन्द्रमा राखेर काम गर्ने अभिलाषा राखेका छन् ।

आफ्नो कार्यालयमा नेपालको झण्डा र सगरमाथाको फोटोसमेत राखेका भण्डारीले गीतामा भनेझैं कर्म गरेर देखाउने उत्कट चाहना राखेका छन् । उनका अनुसार सार्वजनिक सेवामा काम गर्न गीताको सारले उनलाई सदैव प्रेरित गर्ने छ ।

मेरिल्याण्ड राज्यको तल्लो सदन जनरल एसेम्बलीमा डिष्ट्रिक्ट आठ बाट १९ हजार सात सय दुई मत ल्याएर गत नोभेम्बर ८ तारेखमा उनी विजयी भएका हुन् । उक्त क्षेत्रबाट सबैभन्दा बढी मत ल्याउने उम्मेदवारमा भण्डारी नै थिए ।

अघिल्लो कार्यकालमा भण्डारीले दर्जनौ विधेयक जनरल एसेम्बलीबाट पारित गराउन सफल भएका थिए । उनले स्वास्थ्य तथा सरकार सञ्चालन समितिमा बसेर महामारीसँग कसरी जुध्ने र नागरिकको जीवन रक्षा कसरी गर्ने भन्ने महत्वपूर्ण अनुभव लिएका छन् ।

सन् २००५ मा अमेरिका पुगेका भण्डारीले डेढदशक बढी मेरिल्याण्डको विद्यालयमा अध्यापन गराउँदा युनिभर्सिटी अफ मेरिल्याण्डबाटै विद्यावारिधिसमेत हासिल गर्ने मौका पाएका थिए ।

नेपालमा उनको पुर्ख्यौली घर पर्वत जिल्लाको थापाथानामा पर्छ ।