• आश्विन १४ २०८१, सोमबार

पुस २८ गतेदेखि माघ १ गतेसम्म रत्न तथा आभुषणको एक्स्पो संचालन गरिने

पुष २६ २०७९, मंगलवार

काठमाडौं। काठ्माडौंको दरवारमार्गमा चौथो जेम एण्ड ज्वेलरी एक्स्पो २०२३ हुने भएको छ । मंगलबार होटेल याक एन्ड यतीमा पत्रकार सम्मेलन गरि नेपाल रत्न तथा आभुषण संघ (नेग्जा)को आयोजनामा पुस २८ गतेदेखि माघ १ गतेसम्म एक्स्पो संचालन हुने जानकारी दिईएको हो ।

आयोजकको तालिका अनुसार पुस २८ गते साँझ ६ बजेदेखि ज्वेलरी फेशन शो आयोजना गरिनेछ । सोहि क्रममा पुष २९ , ३० र माघ १ गतेसम्म १० बजे देखी साँझ ७ बजेसम्म एक्स्पो सञ्चालन हुनेछ । एक्स्पोमा जम्मा ३८ कम्पनीहरु सहभागी हुनेछन् ।

एक्स्पोले कोभिड १९ ले शिथिल वनेको आभुषण व्यवसायमा नयाँ उत्साह , उर्जा पैदा गराउने र नेपाली बहुमूल्य आभुषणलाई अन्तराष्ट्रिय बजारमा निर्यातको लागी प्रात्साहन गर्नेमा आयोजकले विश्वास लिएका छन् ।

एक्स्पो संचालनमा नेपाल सरकारको साथै नेपाल उद्योग वाण्ज्यि महासंघ लगायतका संस्थाहरुको समर्थन रहेको छ । इभेण्टको अवलोकन गर्न भारतको जेम एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोशन काउन्सीलको उच्चस्तरीय प्रतिनिधि मण्डल आउने आयोजकको भनाई छ ।

एक्स्पो र फेशन शो समेत गरी करिव दश देखी पन्ध्र हजार ब्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ ।