काठमाडौं। नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघको २१ औं साधारण सभा तथा ११औं अधिवेशन सम्पन्न भएको छ ।
शनिबार काठमाडौंंको बागबजारस्थिित हार्दिक होटलमा राज कार्कीको अध्यक्षतामा संघको ११औं अधिवेशनमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
कार्यसमितिको अध्यक्षमा राज कार्कीसँगै उपाध्यक्षमा उद्धब थापा मगर, सचिवमा बाशुदेव पौडेल र सहसचिवमा बिनोद छिनाल सर्वसम्मत चउन भएको छन् ।
त्यसैगरी कोषाध्यक्षमा लालु बैजु, सहकोषाध्यक्षमा रघुनाथ दास, सदस्यमा बिनु श्रेष्ठ , भिम दर्नाल, दिपक परियार, संगीता लामिछाने, मृदुला शर्मा, झलक कुमारी बगाले, देउ रुपा थापा, , सुशीला श्रेष्ठ, पारु भट्टराई, नवीन नेपाली, आयुष परियार कार्यसमितिमा चयन भएका हुन्।
संघको २१ औं साधारण सभाका सहभागीहरुले आफ्नै स्वदेशमा उत्पादीत कपडा तथा सिलाईलाई प्राथमिकता दिनु पर्ने र यसको व्यवस्थापन र बजारीकरण राज्यले गर्नु पर्ने माग राखेका थिए ।