विसं २०७८ मा गरिएको १२औं राष्ट्रिय जनगणनाको तथ्य-तथ्यांकको प्रतिवेदन गत साउन महिनामै सार्वजनिक गर्ने भनिएको भए तापनि पटकपटक मिति सार्ने काम हुँदै आएको छ । यसरी सर्दै सर्दै यही पुस १३-१४ गते सार्वजनिक गर्ने भनिएको थियो ।
तर फेरि पनि अनिश्चित कालका लागि स्थगित भएको छ । त्यसरी पटक पटक जनगणनाको प्रतिवेदन स्थगित हुनुमा केन्द्रीय तथ्यांक विभागको कमी कमजोरी रहेको भन्दा पनि नेपालका जातजाति, भाषाभाषी, धार्मिक समूह, वर्ग, लिङ्ग आदिको सही र वास्तविक तथ्यांक सार्वजनिक नहोस् ! भन्ने केही स्वार्थ समूह र व्यक्तिहरुको स्वार्थका कारणले गर्दा हो ।
जे होस्, नेपालमा विसं १९६८ देखि आधिकारिक रुपमा जनगणना गर्न सुरु गरेको हो । त्यसो त जंगबहादुर राणाको पालामै जनगणाना गर्नेगरेको तथ्यांक रहेको छ । उनको पालामा काठमाडौ खाल्डो (तत्कालीन समयमा नेपाल भनी चिनिने) र पश्चिमका केही गौंडामा मात्रै जनगणना भएको भन्ने विज्ञहरुको भनाइ रहेको छ । तर अचम्म के छ भने, नेपालमा भएका हालसम्मका जनगणनाका कुनै पनि तथ्यांकलाई भरपर्दो मान्ने गरिएको छैन ।
यसरी हरेक १०-१० वर्षमा हुने गरेको जनगणनाको तथ्य-तथ्यांक भर पर्दो छैन ! भन्ने भनाइ रहनुमा अनेक तथ्यगत कारणहरु पनि रहेको देखिन्छ । त्यतातर्पm अहिले नजाऔं । यो लेखमा ०४८, ०५८ र ०६८ देखिको जनगणनामा औं १० औं ठूलो जनसंख्या रहँदै आएको ‘राई !’ जातिबारे विशेष फोकस गरिएको छ ।
किनभने अरु जातजातिको पनि जनसंख्या घट्ने वा बढ्ने क्रम जारी नै रहेको छ र, रहने छ । तर १२औं जनगणनाको तथ्य-तथ्यांक सार्वजनिक हुँदा हालसम्म राई जाति भनी चिनिंदै आएको राईको जनसंख्यामा ठूलो पैमानामा घटेर आउने वाला छ । आखिर एकैचोटी ‘राई !’ जातिको जनसंंख्या किन घट्दैछ त ? सोबारे यो लेखमा केही उल्लेख गरिने छ ।
तथ्यांक हेर्दा २०४८ मा भएको ९औं जनगणनामा राई जातिको जनसंख्या ५ लाख २५ हजार ५५१ रहेको थियो । त्यस्तै २०५८ को १०औं जनगणनामा राई जातिको जनसंख्या ६ लाख ३५ हजार १५१ रहेको थियो भने, २०६८ को ११औं जनगणनामा राई जातिको जनसंख्या ६ लाख २० हजार ४ रहेको थियो/छ । तथ्यांक स्रोतः केन्द्रीय तथ्यांक विभाग । यसरी हेर्दा २०४८ र २०५८ मा देशको समग्र जनसंख्या दर जसरी बढेको थियो । त्यसरी नै राई जातिको जनसंख्या दर बढेको देखिएन, २०६८ को ११ औं जनगणनामा ।
उल्टै विसं २०६८ को ११ औं जनगणनामा राई जातिको जनसंख्या लगभग १५ हजार संख्या घटेर ६ लाख २० हजार ४ जनामा झर्यो । किन त्यस्तो भयो ? भन्ने सम्बन्धमा नेपालका जनसंख्याविद, जातिविद र स्वयम् “राई !” ‘पद, पदवी वा पगरी नभएर जात वा जाति हो !’ भन्नेहरुको संस्था राई यायोक्खाका प्रमुखहरुले पनि कहिल्यै खुलेर । वस्तविकता बताएनन्, चुँ…….सम्म गरेनन्, मुख खोलेनन् ।
जबकि २०४८ र २०५८ मा जस्तै राई जातिको जनसंख्या स्वाभाविक रुपमा बढ्दै गएको भए २०६८ को ११औं जनगणनामा राई जातिको जनसंख्या कम्तिमा ६ लाख ९० हजारदेखि माथि र ६ लाख ९५ हजारसम्म वा ७ लाख ५ हजारदेखि ७ लाख १०-१२ हजारसम्म पुग्नुपर्ने थियो, उल्टै लगभग १५ हजारको संख्यामा अस्वाभाविक रुपमा राई जातिन्को जनसंख्या किन घट्यो ? कसै प्रश्न गरेन, कसैले सोधखोज गरेनन् ।
२०४८ र २०५८ को तुलनमा २०६८ मा राई जातिको जनसंख्या लगभग १५ हजारको संख्यामा अस्वाभाविक रुपमा राई जातिको जनसंख्या घट्नुको मुख्य कारणमा २०६८ अघिसम्मको जनगणनामा राई जाति भन्दै/लेख्दै आएका कुलुङ, याम्फु, आठपहरिया, बान्तावा, मेवाहाङ, बाहिङ, लोहोरुङ लगायत १२ वटा किराती महाजातिभित्रका समुदायले जातिको महलमा ‘राई !’ नलेखेर ‘कुलुङ, याम्फु, आठपहरिया, बान्तावा, मेवाहाङ, बाहिङ, लोहोरुङ’ भनी लेखे ।
अझ धेरै जसोले ‘कुलुङ राई, याम्फु राई, आठपहरिया राई, बान्तावा राई, मेवाहाङ राई, बाहिङ राई, लोहोरुङ राई’ आदि लेखे । सोही कारणले गर्दा शुद्ध रुपमा ‘कुलुङ जाति लेख्नेहरुको जनसंख्या २८ हजार ६१३, याम्फु जाति लेख्नेहरुको जनसंख्या ६ हजार ९३३, आठपहरिया जाति लेख्नेहरुको जनसंख्या ५ हजार ९७७, बान्तावा जाति लेख्नेजाति हरुको जनसंख्या ४ हजार ६०४, मेवाहाङ लेख्नेहरुको जनसंख्या ३ हजार १००, बाहिङ जाति लेख्नेहरुको जनसंख्या ३ हजार ९६ र लोहोरुङ जाति’ लेख्नेहरुको जनसंख्या १ हजार १५३ मात्रै आएको थियो ।
यसरी हेर्दा लगभग७६ हजारको हाराहारीमा ‘राई जाति’ को जनसंख्या घट्यो । त्यस्तै १० वर्षको अवधिमा केही हजार राईहरु बेलायत, क्यानडा, अमेरिका, हङकङ, अष्ट्रेलिया, भारत, जर्मनी लगायत देशमा स्थाई रुपमा बसाइँ सरेर गए ।
त्यसैले १२औं राष्ट्रिय जनगणनाको तथ्य-तथ्यांक कस्तो आउँछ ? सबै धार्मिक समूह, लिङ्ग, भाषाभाषी, जातजाति, समूह, भिन्न क्षमता भएका लगायत अन्य वर्ग र पिछडिएको क्षेत्र आदि सबैसबैमा चासो रहेको छ । सबैलाई आ-आप्mनो धार्मिक समूह, भाषाभाषी, जातजाति, समूह, लिङ्ग, भिन्न क्षमता भएका लगायत अन्य वर्ग र पिछडिएको क्षेत्रको संख्या कति सही आउला ? खुल्दुली र चासो रहेको छ ।
किनभने नेपालमा कसको जातीय स्वपहिचान के हो, भन्ने भन्दा पनि कसको ठूलो समूह वा भीड छ, उसैको….रहने गरेको छ । त्यसैले सबैले हाहाहुहु र हुलमुलमै अवसर देख्ने वा अवसर पाईने भन्ने अर्थमा बुभ्mने गरेको वा बुझाई रहेको हुनाले पनि नेपालका धार्मिक समूह, भाषाभाषी, जातजाति, समूह, लिंग, भिन्न क्षमता भएका र पिछडिएको क्षेत्रले विशेष चासो लिने गरेका छन् ।
हुन त राई जातिका सम्बन्धमा भन्नु पर्दा नेपालमा राई जातै हो र राई जात होइन पद, पदवी रवा पगरी मात्रै हो भन्नेबीच माथापच्ची भई रेहको छ । खास गरी यस्तो माथापच्ची विगत २२, २३ वर्षदेखि चली रहेको छ । राई जातै हो भन्ने पक्षका कामरेडहरुले दिने तर्क यस्तो छ ‘-जसले राई होइन भन्दैछ, उसको नागरिकता, तीनपुस्ते, जग्गा-धनी पूर्जा, स्कूल, कलेज, क्याम्पस र विश्वविद्यालय पढेको सर्टिफिकेट, वृद्धभत्ता कार्ड, निजामती कर्मचारी शिक्षक, पेन्सन-पट्टा आदिमा समेत राई छ !’ त्यस्तै राई जाति वा जाति होइन, पद, पदवी वा पगरी मात्रै होइन भन्ने पक्षले चाहिँ राई शब्दको व्यत्पत्ति ‘राय’/‘राया’ वा ‘राइ’हो ।
यो शब्दले सुरुमा कुनै जात वा जाति जनाउँथेन । फलतः हुँदै ‘पूर्वमा ‘राय’/‘राया’ वा ‘राइ’, ‘राई’ शब्दको प्रयोग सेन शासनकालदेखि मात्रै सुरु भएको हो । त्यो भन्दा पर गएको देखिंदैन । त्यसैले हामी सो राई पद, पदवी वा पगरलिाई जाति मान्दैनौं भन्दै आएको छ । हुन पनि इतिहास हेर्दा सेनकालमा हालको ‘प्रधानमन्त्री’ वा ‘मन्त्री’ सरहको ‘राय’ पद पाएका बुद्घिकणर् ‘राय’ अहिले तेह्रथुम जिल्लाको ‘छ-थर भेग’का एक थरी (खेवा थरको) लिम्बुहरु पूर्खा भएको प्रमाणित पनि भएको छ ।
।