• मंसिर १२ २०८१, बुधबार

पूजालाई काखी च्याप्दा भुवन केसी फेरी विवादमा परे

पुष १४ २०७९, बिहीबार

काठमाडौं । अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी पुनः विवादमा तानिएका छन् ।

उनले अभिनेत्री पूजा शर्मालाई चलचित्र विकास बोर्डको ‘महिला चलचित्र सशक्तीकरण समिति सदस्य’मा नियुक्ति गरेपछि केसीको सबैतिरबाट विरोध सुरु भएको छ। नयाँ फिल्म निर्माणको तयारीमा रहेकी पूजाले आफ्नो नयाँ फिल्ममा भुवन केसीका छोरा अनमोल केसीलाई लिएकी छन्। नयाँ व्यवसायको तयारीमा समेत रहेकी पूजालाई स्वार्थका लागि भुवनले काखी च्यापेको भन्दै विरोध भइरहेको छ।

साथै बलात्कार पीडित नाबालिगविरुद्ध मिडिया र सामाजिक सञ्जालमा सक्रिय पूजालाई बोर्डको उक्त पदमा नियुक्ति गरेसँगै भुवनप्रति प्रश्न सुरु भएको छ। पीडित नाबालिगलाई ह्यारेसमेन्ट गरेको आरोप लागेकी पूजालाई ‘किन महिला चलचित्रकर्मी सशक्तीकरण समितिमा भन्ने प्रश्न भइरहेको छ।