• आश्विन १४ २०८१, सोमबार

होन्डाको दशैं उपहार विजेता घोषणा, ककस्ले पाए ७ लाख र १५ लाख उपहार ?  

मंसिर २९ २०७९, बिहीबार

काठमाडौं । नेपालका लागि होन्डा टू व्हीलर्स्को आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले चाडपर्व लक्षित ‘होन्डाको दशैंको शुभ लाभ’ नामक उपहार योजनाका लक्की ड्र बाट विजेताको नाम घोषणा गरेको छ ।

बुधबार काठमाडौैँको कान्तिपथस्थित कार्यालयमा कम्पनीको उपहारको योजना अनुसार नै लक्की ड्रमार्फत् सातै प्रदेशबाट विजेताको नाम सार्वजनिकि गरिएको हो । सातै प्रदशमा रहेको होन्डा टू व्हीलर्स्को विभिन्न शोरुमका ग्राहकहरु मध्ये लक्की ड्रमार्फत् विजेताको नाम घोषणा गरियो ।

कम्पनीको उपहार योजना अन्तर्गत ग्राहकहरूले स्क्याच कुपनमार्फत् ७ लाख रुपैयाँसम्मको क्यास ब्याक पाउने र ७ प्रदेशबाट एक एक जना गरी ७ जनाले ७ लाख रुपैयाँसम्म र बम्परमा लक्की ड्र मार्फत् १५ लाख रुपैयाँ नगद उपहार प्राप्त गर्नसक्ने कम्पनीले जनाएको थियो ।

सोहि योजना  अन्तर्गत लक्की ड्रमार्फत् प्रदेश एकबाट दुर्गा देवी सापकोटा, प्रदेश २ बाट अमितकुमार शाह, ३ बाट मनिसा बज्राचार्य, ४ बाट कृष्ण कुमारी, ५ बाट विष्णु पोखरेल, ६ बाट सुनिता खत्री र प्रदेश ७ बाट लक्ष्मण भाटले एक एक लाख उपहार प्राप्त गरेका हुन् ।

त्यस्तै बम्परमा लक्की ड्रबाट सातै प्रदेशको होन्दाको ग्राहकहरु मध्ये चन्द्र तामाङले जनही १५ लाख रुपैयाँ उपहार पाएका छन् । विजेता ग्राहकहरुले आफू चुनिन पाउँदा असाध्यै खुसी लागेको बताए ।

उक्त योजना २० भदौ २०७९ देखि सुरु भई सीमित अवधिसम्म मात्रै लागू गरिएको कम्पनीले जनाएको छ । होन्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाएको छ ।