• आश्विन १४ २०८१, सोमबार

कुलमान घिसिङद्वारा विद्युतीय सवारी साधनको उद्घाटन (तस्बिरसहित)

मंसिर १६ २०७९, शुक्रबार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङद्वारा विद्युतीय सवारी साधनको उद्घाटन गरिएको छ । आज (शुक्रबार) काठमाडौंको भृकुटीमण्डपस्थित इभी एक्पो मिडियाको आयोजना र इन्डियन एक्जिभिसन सर्भिसको सह–आयोजनामा विद्युतीय सवारी साधनको उद्घाटन गरिएको हो ।

प्रदुषणरहित एवम् वातावरण मैत्री नेपाल बनाउने उद्देश्यले विद्युतीय सवारी साधनको उद्घाटन गरिएको इभी नेपालले जनाएको छ ।

उक्त कार्यक्रमको प्रमुख आतिथ्यता बीसीसीक्री उत्कृष्ट महिला सपना रोका मगरले गरेकी थिइन् भने विशेष आतिथ्यता प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले गरेका थिए ।

घिसिङले कार्यक्रममा बोल्दै, नेपालमा इलेक्ट्रोनिक यातायातको सुरुवात गरेकोमा खुसी व्यक्त गरे । उनले आगामी दिनमा पनि वातावरण मैत्री दुई पाङ्ग्रे र चार पाङ्ग्रे यातायातको विकासका लागि विभिन्न ठाउँमा प्रोमोसन गर्नमा लागि चार्जिङ स्टेशनहरु पनि स्थापना गरेको बताए । पेट्रोलियम पदार्थमा निर्भरता घटाउनका लागि यसको महत्वपूर्ण भूमिका रहेको उनले बताए ।

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि रोका मगरले नेपालमा बढ्दो इन्धनको सट्टा विभिन्न ठाउँमा राखिएको चार्जिङ स्टेशनले धेरै फाइदा पुर्याएकोमा एक्पोप्रति धन्यवाद प्रकट गरिन् ।

इभी नेपाल यातायातका पूर्वाध्यक्ष सुशिल अग्रवालले ब्रिज प्राली यात्रुको आवश्यकता र अनुकूलतालाई मध्यनजर गरी निर्माण गरिएको बताए । उनले विक्रेताको आवश्यक्ता अनुसार नै महँगो र सस्तो अथवा किफायती मूल्यमा बनाउने जानकारी दिए ।

अग्रवालले २०८० सालसम्ममा यसको त्रुटिलाई सच्याउने योजना रहेको बताए । यसलाई सरकारले आर्थिक सुविधाका साथ बिक्रेतालाई पनि सहजता दिलाए अझ उत्तम हुनेमा बताएका थिए ।