घोराही । विहीबार बिहान रेखा शर्माको मुहारमा उत्साह भन्दा गाम्भिर्यताको छनक दिने संकेत देखिन्थ्यो । उनलाई विजयी घोषणापछि मत गणनास्थलमा गठबन्धनका नेता कार्यकर्ता फुरुङ्ग थिए । रेखा निर्वाचित भएसँगै कार्यकर्ता बुरुकबुरुक उफ्रिए, केहीले खुसीयालीमा चर्काे र भद्दा नारा पनि लगाए ।
नेकपा एमालेका महासचिव शंकरलाई पोखरेल पराजित गरेसँगै रेखाले थप जिम्मेवारी महसुस गरिन्। दाङ क्षेत्र नम्बर २ अन्तिम समयसम्म कसले जित्छन् भन्ने ढुकढुक सबैमा थियो । थोरै मतान्तरले रेखा शर्मा र शंकर पोखरेलबीचको प्रतिस्पर्धाले मतगणना रोमाञ्चक बनाएको थियो ।
शुरुदेखि नै संघीय संसद पदका शर्माको अग्रता रहेपनि कसले जित्ने भन्ने टुंगो अन्तिम चरणसम्म पनि लागेन । मत गणना सकिँदै गर्दा मतान्तर घट्दै जानाले वातावरण झनै कौतुहलमय बन्न पुग्यो। धेरैलाई मतगणनास्थलको दृश्यले ध्यान खिच्थ्यो । मतगणनास्थलबाट ताजा रिपोर्ट ल्याएको भन्दै घोराही १८ का अर्जुन पन्थी विहीवार बिहान मेवाड आईस क्रिममा पुगे । उनले मतपत्र सबै पट्याई सकेको बताए। सूर्य र हँसिया हथौडा तर्फको मतपत्रको चाङ हेर्दा शर्माले जित्ने निश्चित भएको बताए । उनका अनुसार शर्माले जित्नेमा ढुक्क छन्। तर त्यसबेलासम्म मत गन्न बाँकी थियो । यदि एक छापे सूर्यमा रहेछ भने परिणाम उल्टिन पनि सक्थ्यो ।
दाङ क्षेत्र नम्बर २ देशभरका लागि चासोको केन्द्रमा थियो। कसले जित्छ भनी सोधेर हैरान बनाए । एउटाको फोन काट्यो अर्काले घन्टी बजाई हाल्थ्यो त्यसैमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष उदय जिएम व्यस्त थिए। म्यासेन्जर च्याटमा पनि उपाध्यक्ष जिएमले लेखेरै जवाफ दिइरहेका थिए । नेपाल निजामति कर्मचारी संगठनको ‘नेगो’ स्मारिका सार्वजनिक गर्ने कार्यक्रममा असोज ५ गते महासचिव पोख्रेलले प्रमुख अतिथिको रुपमा केही मिनेट मात्रै गरेका थिए। चुनावी कार्यक्रमको चटारोले सचिव मनोहर बुढाथोकीले ल्याएका थिए ।
छोटो मन्तव्य व्यक्त गरेर बाहिरिँदै गर्दा पोखरेल ढोका नजिकैबाट फर्किए । त्यहाँ नारायण तर्तालसँग हात मिलाए आसपासकै अरुलाई बे-वास्ता गरे। ‘साना तिनालाई देख्ने चलन छैन’ एक जनाले प्रतिकृया दिए । कार्यकर्तासँग घुलमिल नगरेको, अरुका कुरा सुन्न नचाहेको, सुख दुःखका बारेमा वास्ता नगरेको पोख्रेललाई आरोप लाग्ने गर्दथ्यो । भालुवाङ राजधानी ल्याउँदा खेलेको भूमिकाका कारण पोखरेलको सबैले प्रशंसा गर्छन् ।
उनको लुम्विनी प्रदेश मुख्यमन्त्री हुँदाका बखत प्रदेशस्तरका कार्यालयमा बजेटको मात्रा पनि धेरै आयो । तर, व्यक्तिगत आनिबानीकै कारण धेरैको आकर्षण थिएन । त्यस कार्यक्रममा भने पोख्रेल बसुञ्जेल कर्मचारी र पूर्वकर्मचारीको बाक्लो उपस्थिति थियो । पोख्रेल बाहिरिएसँगै त्यो जमात पनि निस्किएको थियो । ‘मिजासिलो स्वभावकी रहिछिन्, बोलीचाली मिठो छ, यिनलाई त भोट दिन्छु’ एकजना पुराना कांग्रेस नेताले भने, ‘त्यही माओवादी भन्ने त हो र त्यसले मात्रै के गर्ने होला र ?’
कसैलाई चन्दा मागेर, कार्वाही गरेर सताएको पनि भेटिंदैन, यिनको कमजोरी के छ र हाम्रै चेली हुन् । कांग्रेस भित्रका बौद्धिक व्यक्तिको भनाई थियो । माओवादी मनै नपर्ने कांग्रेसले पनि शर्माको सरल स्वभावलाई आधार बनाए । गठबन्धनका महिलाहरुले कार्तिक ३० गते निकालेको जुलुसले धेरै महत्व राख्यो । माहोल गठबन्धनमा उल्टियो भनेर धेरैले आँकलन गरे । ‘मन्त्री हुँदा पनि बेदाग आएकी हुन् रे’, एक जना चिया पसलेले भने, ‘यसपाली त सबैले रेखा भन्छन् ।’ उनको गाउँघरबाट आउनेले भन्दा सुनेको बताए ।
यो भनाईसँग मेल खाने गरी सामान्य प्रसासन पूर्वमन्त्री एवम् नेकपा माओवादीका स्थायी समिति सदस्य शर्मा विहान चार बजेदेखि साँझा मध्यरातसम्म कार्यक्रममै थिए । चुनावी अभियानमा सकृय रहेका घोराही–१४ का नेता शक्तिराम डाँगीका अनुसार शर्माले जाँगर अचम्मै देखाइन्। जहाँ गएपनि मानिसले अंगालो हाल्ने, माया गरे । शर्माको सक्रियताले धेरैको मन जित्यो । कसैले भेटाउन लग्न खोज्दा पहिल्यै भोटिसकेका घर पो भेटिने वातावरण बन्यो ।
शुरुका दिनमा एमाले प्रवेश गरेकाहरु भोट हाल्ने समयमा थप ल्याएर गठबन्धनमै फर्किएन । महासचिव पोख्रेलका घर परिवारबाटै गठबन्धनमा प्रवेश भयो । नेपाल पत्रकार महासंघ दाङका पूर्व शाखा उपाध्यक्ष नरेन्द्र केसीले निर्वाचित पछि शर्मा महासचिव पोखरेल भेट्न निवासमै पुगेको तस्विर सामाजिक सञ्जालमा पोष्ट पारे।
उनका अनुसार पहिलो राजनीतिक भेट गरे। दाङको समृद्धिका लागि सबैको राय सुझाव लिएर अघि बढ्ने पाेखरेल सामु प्रतिबद्धता जनाए । यसलाई राजनीतिक संस्कार भनेर धेरैले प्रशंसा गरे । यो पोष्ट धेरै पटक शेयर भएको छ । एक सय बढिले सकारात्मक टिप्पणी गरेका छन् । शर्मा थप लोकप्रिय बने । मानिसहरुले आँकलन गरेको सरल स्वभाव थप पुष्टि भएको छ । ‘चार पाँच भाई मिल्दा पनि यत्रो मत कम होइन’ विहीवार साँझ पल्लवी औषधालय तुलसीपुर चोकमा आएका दुईजना जेष्ठ नागरिकले भने, ‘एमालेलाई कमजोर मान्नु हुन्न ।’
यस सँगै महासचिव पोख्रेलको बारेमा टिप्पणी पनि रोकिएन । भोट माग्न जाँदा नमस्कार नगर्ने, भोट अर्काले मागि दिनुपर्ने भयो । मतदातासँग निहुँरिन नजानेका कारण पनि महासचिवलाई भोट कम आयो । त्यससँगै नवप्रवेशी बलिभद्र रानालाई लुम्बिनी प्रदेशमा टिकट उपलब्ध गराइएकोमा पनि केहीको असन्तुष्टि थियो । राना एमाले नेता उमेशचन्द्र थापाको हत्या हुँदा घोराही नगरपालिकाको मेयर थिए । त्यो घटनामा उनलाई मुछ्ने गरिएको थियो ।
महासचिव पोख्रेल कि बहिनी मेनका पोख्रेल समानुपातिकमा राखेको भनेर पनि गुनासा गरिएको थियो । यसो त समग्र जिल्लाको संघ र प्रदेश एमालेलेले गुमाएको छ । यस अर्थमा पार्टीलाई घाटा भयो तर, शर्माले एक सय ९६ मतान्तरले पोख्रेललाई पराजित गरेको छ । झिनो मतान्तरणका कारण पनि एमाले बलियो मान्नुपर्छ । प्रभावशाली नेताले हार्नुको कारणले पनि घाटा लाग्ने भने स्वाभाविकै मानिएको छ ।