• मंसिर १२ २०८१, बुधबार

नेपालको सहज जित

मंसिर १० २०७९, शनिबार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले अभ्यास खेलमा भारतको दिल्ली जिल्ला क्रिकेट एसोसियसन (डीडीसीए)लाई हराएको छ ।

दिल्लीमा रहेको अरुन जेट्ली क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो ।

डीडीआसीले दिएको १ सय ५९ रनको लक्ष्य नेपालले २८।२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा ज्ञानेन्द्र मल्लले अविजित ४८ रन बनाउँदा आसिफ शेखले ३० रन बनाए ।

अर्जुन साउदले २८ तथा कप्तान रोहित कुमार पौडेलले २४ रन बनाए ।

डीडीसीएका लागि सिद्धान्त शर्मा,रवि रोशन,पर्थ वाडर र ध्रुव चौहानले समान १र१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको डीडीसीएको टोलीले ४०।५ ओभरमा अलआउट हुदै १ सय ५८ रन बनाएको थियो । डीडीसीएका लागि काव्य गुप्ताले अविजित ३४ तथा सलिल मल्होत्राले ३१ रनको योगदान गरे ।

कप्तान बैभव शर्माले २६ तथा कनभ गम्भिरले २१ रन बनाएका थिए । पर्थ वाडहाराले १३ रन बनाउँदा उसका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

नेपालका लागि सागर ढकालले ५ ओभरमा १२ रन दिएर ५ विकेट लिएका थिए ।

कुशल भुर्तेलले २ तथा हरिशंकर शाह,ललित नारायन राजवंशी र सोमपाल कामीले समान १र१ विकेट लिएका थिए ।

आईसीसी एकदिवसीय विश्वकपको छनोटको रुपमा रहेको विश्वकप लिग टूको नामिबियामा हुने त्रिदेशीय सिरिजको तयारीको लागि नेपाली टोली भारतको दिल्लीमा रहेको छ ।