काठमाडौं । फिफा विश्वकप फुटबलमा कोस्टारिकाविरुद्ध स्पेनले फराकिलो जित निकालेको छ । कतारमा बुधबार राति भएको खेलमा कोस्टारिकालाई ७–० गोल अन्तरले हराउँदै स्पेनले सुखद सुरुवात गरेको हो ।
स्पेनलाई जित दिलाउन फेरान टोरेसले दुई गोल गरे ।डानी ओल्मो, मार्को एसेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोरटाको नाममा एक एक गोल रह्यो ।
यस जितसँगै स्पेनले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । समूह ‘ई’ को स्पेन शीर्ष स्थानमा रहेको छ । कोस्टारिकाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।