• मंसिर १२ २०८१, बुधबार

विश्वकप फुटबल: अर्जेन्टिना,फ्रान्ससहित आज ४ खेल हुँदै

मंसिर ६ २०७९, मंगलवार

काठमाडौं । कतारमा जारी विश्वकपमा आज ४ खेल हुनेछन् । आज समूह सीको अर्जेन्टिना र साउदी अरेबिया तथा मेक्सीको र पोल्यान्ड खेल्नेछन्। नेपाली समय अनुसार सो खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ।

पोल्याण्ड र मेक्सिकोबीचको खेल राति पौने १० बजे सुरु हुनेछ। यस्तै समूह डी अन्तर्गत डेनमार्क र ट्यूनिसिया तथा फ्रान्स र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ।

डेनमार्क र ट्युनिसियाबीचको खेल साँझ पौने ७ बजे बजे सुरु हुनेछ भने फ्रान्स र अष्ट्रेलिया राति पौने १ बजे खेल्नेछन्।