• मंसिर १२ २०८१, बुधबार

२९० वटा विश्वकपका लागि २९० टिकट बिक्री गर्ने एन्फाको निर्णय

कार्तिक २९ २०७९, मंगलवार

 

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतारमा हुने फिफा विश्वकपका लागि २९० टिकट बिक्री गर्ने भएको छ । आज गमंगलबार एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको अध्यक्षतामा बसेको उक्त टिकट बिक्री गर्ने निर्णय गरेको हो ।

नेपालले पाएको २९० टिकट एन्फा कार्यसमिति, एन्फा सदस्य संस्थाहरु तथा फुटबल स्पोनसर र शुभचिन्तकहरुलाई बिक्री गर्ने निर्णय पारित भएको एन्फाले विज्ञप्तीमार्फत जनाएको छ । कतार विश्वकप आगामी आइतबारदेखि सुरु हुँदैछ ।

मार्चमा हुने फिफा कंग्रेसका लागि एन्फा अध्यक्षलाई जिम्मेवारी प्रदान गरी अध्यक्षले प्रतिनिधि तोक्ने अधिकार प्रत्यायोजन गरेको छ ।

कार्यसमिति बैठकले १३औं सागका स्वर्ण विजेता फुटबल खेलाडी प्रिजेन तामाङलाई उपचारका लागि ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ । यस्तै यू-२० खेलाडी राकेश विश्वकर्माको उपचारमा लाग्ने सम्पूर्ण खर्च एन्फाले बेहोर्ने भएको छ ।