• मंसिर १३ २०८१, बिहीबार

दुई वर्षभन्दा बढी एउटै चस्मा लगाउँदै हुनुहन्छ ?

कार्तिक २९ २०७९, मंगलवार

एजेन्सी – एकपटक लगाइसकेको चस्मा कम्तीमा दुई वर्षको अवधिमा परिवर्तन गर्न वैज्ञानिकहरुले सल्लाह दिएका छन् । लामो समयसम्म एउटै लेन्सको प्रयोग गर्दा उक्त लेन्सबाट पर्याप्त मात्रामा परावैजनी किरण फिल्टर नभई आँँखामा जाने भएकाले त्यसले आँँखामा समस्या ल्याउने र आँँखाको दीर्घकालीन समस्या हुने तथा दृष्टि समेत गुम्न सक्ने वैज्ञानिकहरुको भनाइ छ ।

ब्राजिलका शोधकर्ताहरुले हालै लेन्सको गुणस्तरमा गरेको अध्ययनअनुसार लेन्सले निश्चित समयसम्म मात्र परावैजनी किरणलाई फिल्टर गर्ने पाइएको छ । उनीहरुका अनुसार नयाा अध्ययनले लेन्सहरु दुई वर्षसम्म मात्र प्रयोग गर्न उपयुक्त हुने पाईएको छ । सूर्यको प्रकाश विश्वभरमा फरक–फरक ढंगले आउने भए पनि केही मुलुकहरुमा भने गर्मी र सुख्खायाममा सूर्यको प्रकाशमा अल्ट्राभाइलट अर्थात् परावैजनीको मात्रा अत्यधिक हुने शोधकर्ताहरुले जनाएका छन् ।

उत्तरी गोलार्धको तुलनामा दक्षिणी गोलार्धमा चस्मा लगाउनेहरुले छिटो–छिटो लेन्स परिवर्तन गर्नुपर्ने वैज्ञानिकहरुको तर्क छ । वैज्ञानिकहरु अनुसार सूर्यको किरणमा हुने परावैजनीको असरका कारण चस्माको लेन्स पनि कमजोर हुने भएकाले सहजै फुटाउन सकिने तर्क गर्छन् । पर्याप्त मात्रामा लेन्सको सुरक्षाको ध्यान नदिई चस्मा प्रयोग गर्दा आँँखा सुन्निने तथा दृष्टिसमेत गुम्न सक्ने शोधकर्ताहरुको दाबी छ ।

सनफाउलो विश्वविद्यालयका प्रोफेसर लिलिएनी भेन्चुरा भन्छन्, ‘नेत्र स्वास्थ्य विश्वभर निकै गम्भीर विषय बन्दै गएको छ । कतिपय मुलुकहरुमा त गर्मीयाममा अल्ट्राभाइलटको इन्डेक्स निकै उच्च रहेको छ ।’ प्रोफेसर भेन्चुरा दक्षिणी गोलार्धका अधिकांश मुलुकहरुमा लेन्सको मापदण्ड अल्ट्राभाइलेटको सुरक्षाका हिसाबले उपयुक्त नरहेको  दाबी गर्छन् ।  भन्छन्, चस्माले सूर्यबाट आउने परावैजनीलाई फिल्टर गर्न निकै महत्वपूर्ण भूमिका खेल्छ ।