काठमाडौं । मंसिर ४ गतेबाट सुरु हुने फिफा विश्वकप २०२२ नेपाली दर्शकले नेपालमा हेर्न पाउने वा नपाउने भन्ने दुविधा बढेर गएको छ ।
हिमालयन टेलिभिजनमा खेलको प्रत्यक्ष प्रशारण हेर्ने व्यवस्था मिलाइए पनि सर्वोच्च अदालतमा विश्वकप प्रशारणमा रोक गर्न निवेदन परेपछि खेलको प्रत्यक्ष प्रशारण अन्योलमा परेको हो ।
प्रत्यक्ष प्रसारणसम्बन्धमा अदालतले अन्तरिम आदेश दिएको छ । अदालतलका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले विश्वकप प्रशारण यथास्थितिमा राख्न भनि आदेश गरेको छ । अदालतले कार्तिक ३० गते अर्को सुनुवाइको मिति राखेको छ ।
मिडिया हवले विश्वकप नेपाली टेलिभिजनमा प्रशासरण गर्ने व्यवस्था मिलाएको थियो । हिमालयन टेलिभिजनमा ६४ वटा खेल हेर्न ५ सय रुपैयाँ तिरेर हेर्न व्यवस्था मिडिया हवले मिलाएको थियो । तर, अदालतको आदेशपछि विश्वकप प्रशारण अन्यौलमा परेको हो ।
यस पटकको विश्वकप कतारमा मंसिर ४ गतेबाट हुँदैछ । विश्वकप सुरु हुने मिति नजिकिँदै गर्दा अदालतमा परेको रिटको कारण प्रत्यक्ष प्रशासरण हेर्न पाउने नपाउने अन्योलता बढेको हो । मिडिया हवले फिफासँग ‘टेरिटोरी लक’ गरेर सहमति गरेको छ । पहिलाको झैं यस पटक अन्य टेलिभिजन च्यानलबाट विश्वकप हर्न सकिने छैन ।