• फाल्गुन २४ २०८२, आईतवार

विश्वकपको मुखमा एम्बापे घाइते भएपछि फ्रान्सलाई तनाब

कार्तिक २१ २०७९, सोमबार

काठमाडौं । फिफा विश्वकपको मिति नजिकिँदै गर्दा फ्रेन्च तथा पीएसजीका मुख्य स्ट्राइकर केलियन एम्बापे घाइते भएपछि फ्रान्स तनाबमा परेको छ ।

लिग वान अन्तर्गत लोरियन्टसँगको खेलमा बायाँ जोड्नीमा चोट बोकेपछि अहिले फ्रान्स तनावमा छ। एम्बापे चोटिल भएपछि उनी विश्वकप खेल्छन् या खेल्दैनन्न भन्ने बारेमा मेडिकल टिमले जाँच गरिरहेको छ।

एम्बापे घाइते भएको खेलमा पीएसजीले लोरेन्टलाई २–१ ले हराएको थियो। घाइते एम्बापेलाई सुरुवातमा बेन्चमा नै राखेर उपचार गरिएपनि पछि ड्रेसिङ रुममा लगिएको थियो।