अतिसा एक बौद्ध धार्मिक नेता र गुरु थिए । उनलाई अतिशा दीपंकर श्रीज्ञान पनि भनिन्छ । उनी एशियामा ११औं शताब्दीको महायान र
बज्रयान बौद्ध धर्मको प्रचार-प्रसारका प्रमुख व्यक्तित्वहरू मध्ये एक थिए । उनले बडो परिश्रम गरेर तिब्बतदेखि सुमात्रासम्म बौद्ध धर्मको प्रचार प्रसार गरेका थिए ।
अतिसाका मुख्य शिष्य ड्रोमटन थिए । ड्रोमटन नै बौद्ध कदम स्कूलका संस्थापक थिए । उनी मध्ययुगीन बुद्ध धर्मको महान
व्यक्तित्व मध्ये एक मानिन्छन् । उनले भारतमा रहेको बिहार विक्रमशिला मठ निर्माणमा ठूलो योगदान गरेका थिए । उनले तिब्बतमा पनि बुद्ध धर्म सबन्धित धेरै कार्य गरेको इतिहास पाइन्छ ।
अतिसाको जन्मस्थल हो भनी विक्रमपुर मान्दै आएइको छ । उक्त स्थान पालि साम्राज्यको राजधानी थियो । यो दक्षिणपूर्वी बंगालको प्राचीन राज्यहरूको थियो । यो हाल बंगलादेशको मुन्शीगञ्ज जिल्लामा अवस्थित छ । हालसम्म पनि बौद्ध साँस्कृतिक, शैक्षिक, र राजनीतिक जीवनको प्रारम्भिक केन्द्रको रूपमा रही आएको छ ।
अतिसाका पिता कल्याणचन्द्र र आमा श्री प्रभावती थिइन् । उनका बुवा राजा थिए । अझ साँच्चिकै भन्ने हो भने भारतको चन्द्र वंशका राजा श्रीचन्द्र उनका हजुर बुवा थिए । अतिसाको बाल्यकालको नाम चन्द्रगर्भ थियो । राजा जंग चुपले अतिसा गुगेमा आएको बेला उनलाई अतिसा नाम दिइएको थियो । पछि उनी यही नामबाट प्रख्यात भए ।
तिब्बतीहरुका अनुसार अतिसालाई अट्ठाईस वर्षको उमेरमा मठाधीश शिलारक्षितद्वारा महासाङ्घिक वंशमा नियुक्त गरिएको थियो । उनले अध्ययनमा निकै चाख लिन्थे । उनले वैष्णव, शैव, तान्त्रिक हिन्दू धर्म र अन्य शिक्षाहरू सहित आफ्नो समयका लगभग सबै बौद्ध र गैरबौद्ध विद्यालयहरूमा अध्ययन गरेका छन् ।
भनिन्छ, उनी चौसठ्ठी कलाको ज्ञाता थिए । जब २२ वर्षको उमेरमा सम्पूणर् अध्ययन पूरा गरि बौद्ध धर्मको प्रचार प्रसारमा लागे । तब उनी लगनशील हुनुका साथै पढाइ र तर्कमा शिपालु थुप्रै गुरुहरुसँग शिक्षा लिने गर्दथे ।
रालुङ मठमा अतिसाको भित्तिचित्र एकताका उनी सम्राट धर्मपालद्वारा स्थापित विक्रमशिलामा भण्डारी वा मठाधीशको पदमा नियुक्त भएका थिए । बुद्ध धर्मको भ्रामक प्रचार गरिँदै गएको वा बिग्रँदै गएको अवस्थामा ती सबै कुराहरुमा उनले आफ्नो तर्कले समाधान गर्दथे । कयौं पटक गैरबौद्धहरुसँग वादविवाद चल्दा उनले सजिलैसित विवाद समाधान गरि चित्तबुझ्दो गरि पठाउँथे ।
आतिसा नेपालहुँदै पुराङ राज्यको राजधानी टोलुङसम्म पुगेका थिए । त्यहाँ उनले तिन वर्ष बिताए । त्यहाँ रहँदा बुद्ध धर्मको प्रचार प्रसार गर्नुका साथै बौद्ध शिक्षामा सम्पूणर् समय बिताए । उनमा संस्कृत भाषाको पनि राम्रो ज्ञान थियो ।
अतिसा नेपाल आउँदा उत्तर दक्षिणमा रहेको एउटा चैत्य पनि बनाउन लागाए भन्ने कथन छ । सो ठाउँमा अरु चारवटा पनि चैत्यहरु छन् । उक्त स्थानलाई पाँचमाने भनिन्छ भने नेवारीमा न्यागमणि भनेर चिनिन्छ ।