काठमाडौं । युईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राति केहि खेल सम्पन्न भएसँगै अन्तिम १६ मा स्थान बनाउने टोलीले पूर्णता पाएका छन् ।
प्रिक्वाटरफाइनलमा पुगेका टोलीबीच ७ नोभेम्बरमा ड्र सार्वजनिक हुनेछ । होम एण्ड अवे आधारमा हुने प्रिक्वाटरफाइनल विजेताले क्वाटरफाइनलमा स्थान पक्का गर्नेछन् ।
अन्तिम १६ को ड्र ७ नोभेम्बरमा युरोपियन फुटबलको मुख्यालय स्विजरल्यान्डमा हुनेछ । प्रिक्वारटफाइनलका पहिलो चरण फेब्रुअरीमा हुनेछ ।
खेलहरु १४, १५, २१ र २२ तारिकामा हुने युइएफएले जनाएको छ । यस्तै, दोस्रो चरण मार्चको ७, ८, १४ र १५ तारिखमा गर्ने निर्णय गरेको छ ।
फाइनल खेल सन् २०२३ को १० जुनमा स्तानबुलको ओलम्पिक मैदानमा हुनेछ ।
अन्तिम १६ मा स्थान बनाउने समूह विजेता टोली- बायर्न म्युनिख, बेन्फिका, चेल्सी, म्यानचेस्टर सिटी, नापोली, पोर्टो, रियल मड्रिड, टोटनहम
समूह उपविजेता टोली- क्लब ब्रुग, डर्टमन्ड, फ्रान्कफुर्ट, इन्टर मिलान, आरबी लाइपजिग, लिभरपुल, एसि मिलान, पेरिस सेन्ड जर्मेन पिएसजी