काठमाडौं । आगामी मंसिर ४ बाट कतारमा सुरु हुने विश्वकपका लागि विश्वकपमा छनोट भएका सबै देशले आफ्नो राष्ट्रिय टिम घोषणाको तयारी अन्तिम चरणमा पुर्याएका छन्।
अब प्रतियोगिता सुरु हुन २२ दिन बाँकी रहँदा कतारले सबैखाले तयारी पुरा गरिसकेको दावी गरेको छ।
उसले कतार विश्वकप हेर्नका लागि संसारभरका समर्थकलाई कतार आउन आग्रह समेत गरेको छ। तर, यो बीचमा कतारले विश्वकपका लागि गरेको लगानी भने अत्यासलाग्दो छ।
कतार अहिलेसम्मकै सर्वाधिक महँगो विश्वकप बन्दै छ। कतारले पूर्वाधारको लगानीमा मात्र करिब १ सय ३८ बिलियन पाउन्ड (२ सय २० बिलियन डलर) बराबरको अनुमानित रकम खर्च गरेको छ।
जसका कारण कतार अहिलेसम्मकै महँगो विश्वकप बन्दै छ। त्यसअघि ब्राजिलले ११.६ बिलियन पाउन्ड र रसिया १४.२ बिलियन पाउन्ड खर्च गरेका थिए।