• मंसिर १२ २०८१, बुधबार

तिहारकै दिन दिलु सलामी र भुपेन्द्र सलामीको ‘शिरैमा शिरफूल’ सोरठी गीत बजारमा

कार्तिक ८ २०७९, मंगलवार

काठमाडौं । तिहारको चहलपहल चलिरहँदा गायिका दिलु सलामीमगरको सोरठी गीत शिरैको शिरफूल बजारमा आएको छ । गीतमा दिलुलाई भुपेन्द्र सलामी र तुल सलामीमगरले साथ दिएका छन् ।

सारठी गीत माया र पिरतीको प्रसंगमा आधारित रहेको छ । मगर भेषभूषा र तिहारमा लगाइने रंगिविरंगी फूलका मालाहरु लगाएर नाचेर छायांकन गरिएको सोरठी गीतले मगर समुदायमा रहेको संस्कृतिलाई जीवन्त तुल्याएको छ ।

महिला र पुरुषहरु सिँगारिएर नाचिएकोले गीत यथार्थमा आधारित रहेको छ । सोरठी नेपालको मध्यभागमा प्रचलित निकै पुरानो गीत र नाच हो । सिँगारिएर समुहमा लाम लागेर नाच्नु सोरठी नाचको विशेष्ता हो । गीतमा भुपेन्द्र सलामीमगर र दिलु सलामीमगरको रहेको छ ।