• मंसिर १२ २०८१, बुधबार

कलाकार बबिता बानियाँ र शंकर क्षेत्रीको सम्बन्ध विच्छेदको समाचार भाइरल

कार्तिक ४ २०७९, शुक्रबार

काठमाडौं । धुमधामसँग विहे गरेका र आदर्श जोडीको उपमा पाएको बबिता बानियाँ अर्थात जेरी र शंकर क्षेत्रीको विवाह भएको अढाइ वर्ष मात्र पुग्दा सम्बन्ध विच्छेदसम्म पुगेको समाचार अहिले भाइरल भइरहेको छ ।

नेपाली लोकसंगीत क्षेत्रको लोकप्रिय नाम हो बबिता बानियाँ अर्थात् जेरी र शंकर क्षेत्री । यो जोडीले ५ वर्ष लामो प्रेम २०७६ माघ २१ गते विवाहमा परिणत गरेका थिए । लामो समयदेखि रिलेसनसिप हुँदै विवाहसम्म पुगेका उनीहरुको २ बवर्षकी छोरी पनि छिन् ।

आदर्श जोडीको उपमा पाएको उनीहरुको सम्बन्ध अन्ततः नरहने पक्कापक्की भएको हो । यो जोडी बिहिवार काठमाडौं जिल्ला अदालतमा डिभोर्स गर्नका लागी पुगेको थियो । प्राविधिक कारणले बिहिवार उनीहरुको डिभोर्स गर्ने काम सम्भव भएन ।

दिउँसो १ बजे अदालत पुगेका उनीहरु साढे ५ बजे घर फर्केका जानकारी हामीलाई प्राप्त भएको छ । आफूहरुले सम्बन्धन विच्छेद गर्न लागेको विषयमा भने उनीहरुले आधिकारिक रुपमा भने बोलेका छैनन् । अदालतबाट बाहिरिने क्रममा उनले मिडियासामु कुनै प्रतिकृया दिइनन् । उनी निकटका अनुसार शुक्रबार सम्बन्ध विच्छेद हुने पक्कापक्की नै भएको छ ।

उनी अर्थात् जेरीको अनुहारमा कालो बादल मडारिरहेको उनको मलिन अनुहारले नै बताइरहेको थियो । कलाकारिता र सिने क्षेत्रमा लागेकाहरुको सम्बन्ध बिच्छेद हुनु र मिल्नु नौलो विषय भने पक्कै होइन् ।