• मंसिर १२ २०८१, बुधबार

महिला भलिबलमा एपीएफलाई स्वर्ण

कार्तिक २ २०७९, बुधबार

काठमाडौंं। विभागीय टोली एपीएफले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलमा स्वर्ण पदक जितेको छ । बुधबार भएको फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ सेटले हराउँदै स्वर्ण पदक जितेको हो ।

गलकोटमा पहिलो सेट २५–१९ ले जितेको एपीएफले दोस्रो सेटमा ३०–२८ को जित निकाल्यो । तेस्रो सेटमा भने पुलिसले जित निकालेको थियो । पुलिसले तेस्रो सेट २४–२६ ले जित्दा चौथो सेटमा एपीएफले २५–१९ ले जित हासिल गर्यो ।

पुलिस क्लबले रजत पदक जितेको छ । महिला भलिबलमा बागमती प्रदेशले कास्य पदक जितेको थियो