पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत खोखो प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ ।
पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा आइतबारको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश १२–११ ले अंकले हराएको हो ।
४ इनिङ्समा खेलाइने खेलमा आर्मीले लगातार ३ इनिङमा जित निकालेको हो । प्रत्येक इनिङ ९ मिनेट खेलिने भए पनि लगातार ३ इनिङ जित्दा अन्तिम इनिङ नखेलेर आर्मी विजेता घोषित भएको रेफ्री यमबहादुर थापाले जानकारी दिए ।