पोखरा । नवौं राष्ट्रिय खेलकुदको महिलातर्फको १०० मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन् ।
ओलम्पियन सरस्वतीले हिट चरणमा निशा चौधरीले बनाएको कीर्तिमान तोड्दै स्वणर् जितिन् । सरस्वतीले १२.१३ सेकेण्डमा दौड पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
यसअघि हिटमा लुम्बिनीकी निशा चौधरीले १२.१५ सकेण्डको कीर्तिमान बनाएकी थिइन् । तर फाइनलमा भने निशाले निर्धारित दुरी पूरा गर्न १२.२२ सेकेण्डको समय लगाइन् र उनले रजत पदक जितिन् । आर्मीकी रमिता थारुले १२.९३ सेकेण्ड समय सहित कास्य जितिन् ।
सरस्वतीले बनाएको कीर्तिमान ह्याण्ड टाईमिङ कीर्तिमान हो । यसअघि उनले आठौं राष्ट्रिय खेलकुदमा १२.१९ सेकेण्डसहित स्वणर् जितेकी थिइन् । सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुद सागमा देवीमाया पनेरुले बनाएको १२ः१९ सेकेण्डको टाइमिङ भने ईलेक्ट्रोनिक टाइमिङ हो ।