कोजाग्रत पूर्णिमा मनाइरहँदा आउने चुनावको मनोनयन दर्ता खुलेको र आफ्नै बस्ती वरिपरि पनि दलबदलका साथ आफ्नो चिह्न लिएर निर्वाचन आयोगमा जाने तयारी गरेको देखियो । आम सर्वसाधारणलाई दसैँ खल्लो भए पनि नेताजीहरुलाई दसैँ नमिठो छैन । दसैँ नलाग्दै करोडौँ रकम नेताहरुले पाए । प्रति ब्यारेल ८७ मा झर्दा पनि आयल निगमले तेलको भाउ घटाएन र त दसैँ धेरैलाई खल्लो भयो ।
दूर्घटनाहरुको ओइरो लागेको दसैँमा घाँटीमा मासु अड्केर पनि बिते मानिस, टिका जमरा लाउन मावली जाँदा कोही विते, मोटरसाइकलबाट खसेर खोलाले बगाएरै लग्यो । बाढी पहिरोले नै ३० जनाको मृत्यु भएको खबर गृह मन्त्रालयले सार्वजनिक गरेको छ भने शौचालयमा चिप्लेर एक चर्चित नेताजी सकिए, भन्नेले उनलाई कसैको श्राप लागेको पनि भन्न भ्याए ।
सरकार सडक सुरक्षाप्रति भन्दा नेता सुरक्षाप्रति लागेको छ, सडकमा दूर्घटाना हुँदा मर्नेहरुको फेहरिस्त तयार गर्ने हो भने दुई तीन वटा लेखहरु तयार हुन्छन् तर बारा अमलेखगन्जको सवारी दूर्घटनाले धेरै नै चिमोट्यो,झण्डै डेढ दर्जनलाई निल्यो यसपालि अन्यत्र त दूर्घटना नभएको कुनै दिन भएन ।
दसैँ दसा नै त हो पशुपन्छीका लागि त हुँदै हो मानिसहरुका लागि पनि ।धर्मनिरपेक्ष नेताहरुले धर्मभीरु नागरिकको दोहन गरे, तिनले दिएको शुभकामनाले नेपालीको पेट भरिएन, बजार कसैले नियनत्रण गरेन । सुपथ मूल्यका पसल खुल्ना साथ बन्द भए, खुल्दा पनि चिनी आदि सामान थिएन त्यहाँ । मूलतः जीवन दुई प्रकारको हुन्छ, जाग्रत र सुषुप्ति ।
वैदिक दर्शनले जागृत जीवन, कर्मशील जीवन, अनवरत प्रयासरत जीवनलाई समुन्नत जीवन भनेको छ। सुषुप्तिको अर्थ हुन्छ, निस्कृय जीवन, जसको, परिबारलाई त भार नै हुन्छसमाज र देशलाई पनि र अरुको लुटेर खाने बानी पर्न सक्छ । कसैले वैध रुपमै लुट्ने गर्छन्,आफै कानुन बनाएर । धनार्थीले त मिहिनेत अनि प्रसस्त लगानी गर्नु पर्छ, समय र सिपको जसबाट रोजगारी सिर्जना, उत्पादन, आपूर्ति र वितरणको साइकल चक्र सक्रिय हुन्छ र व्यक्ति, समाज आफै माथि उठ्छ अनि संसारकै अग्रणी स्थानमा उभिन सक्छ देश ।
अमेरिका, बेलायत, फ्रान्स, जर्मनी लगायत कैयन देशहरु धेरै माथि उठेका कारण संसारमा तिनको प्रशंसा भएको छ तर नजिकै भारतले यत्राविधि विकास भनौँ आर्थिक समुन्नति गर्दा पनि हामी भने सबैको भिक्षार्थी भएका छौँ र सधैँको व्यापारघाटा अनि श्रम बेच्ने, तिनको आयले देशको ढुकुटीमा रज्गज् गर्ने भएका छौँ । पूर्वीय दशनको मूल मान्यता वर्षभरिको ठूलो चाडको समापन नै कोजाग्रत पूर्णिमाबाट हुन्छ भनौँ धनलक्ष्मीको पूजा, उपासना गरेर । भनौँ आश्नि शुक्ल पूर्णिमाका रातमा जो जागा छ, पृथ्वीतलमा घुम्दै आएर महालक्ष्मीले त्यस्तो घरमा ऐश्वर्य, धनको वर्षा गराउँछिन् ।
दसैँ सकिएको असौज २३ यसरी नै बित्तैछ हाम्रो । कथा त प्रतिकात्मक हुन्छ अर्थात् हरेक दिन हामीले श्रम गर्नु पर्छ, श्रम बौद्धिक पनि हुन्छ । बिना श्रम अर्काको खाइयो भने त्यसले पोल्छ, राज्यको त झन् खानै हुन्न, पढेकाले श्रम गर्दैनन् भन्ने होइन ।
चीनका महामहिमदेखि संसारका उच्च नेतृत्वले फिल्डमा ओर्लिएर काम गरेको देखिन्छ । हाम्रो ठीक विपरीत छ अबस्था । राज्य दोहनमा सिपालु छन् देश चलाउनेहरु । आफैँले प्रतिपादन गरेको सिद्धान्त विपरीत सुख सुविधामा अल्झिएकोे छ न्यायालय समेत ।
गुन तिर्नैका लागि ६ महिना काम गरेकालाई मनग्गे सुविधा दिने भएको छ गठबन्धनले र लिनेले लिन्न भनेको छैन । सर्प पाल्नैका लागि लाखौँ सरकारी पैसा दोहन भएको कालो दाग नमेटिँदै फेरि उनैलाई गठबन्धनको गुन तिर्न बीस लाख निकासा गर्ने निर्णय बाहिर आएको छ, दसैँको मुखैमा ।
जुनसुकै निर्णय पनि क्याविनेटबाट गराउँदा नीतिगत भ्रष्टाचार बढेको व्यापक गुनासो हुँदा पनि संवैधानिक निकायहरुले आफ्नो वार्षिक प्रतिवेदनहरुमा औँल्याउँदा पनि यस्तो काम रोकिएको छैन । गरिव नेपाली भूकम्प, कोरोना, डिँगो जस्ता रोगले थलिन्छ, राहत बा सिटामोल पाउँदैन, अस्पतालको सुविधा छैन, किसानले मल बीउ, सिँचाइ, बजार पाउँदैन ।
आउट डेटेट नेता वृद्धभत्ता खाएर काशी जानु पर्नेलाई राज्यले अनवरत पैसा, सुरक्षा, गाडी, इन्धन, सवारीचालक दिइरहन्छ, थप्छ पनि । सुशासन सिकाउने डेनमार्ककी प्रधानमन्त्री कार्यालय आउ जाउ गर्दा साइकलको प्रयोग गर्ने अनि यहाँ बहालवाला र भूपू को सुरक्षा ताँती, आबास, विभिन्न भत्ता हेर्दा मन कुँडिन्न र ।
जनतालाई करको मारमा पारेर जन्मदेखि मृत्युसम्म हरेक श्वास प्रश्वासमा र घाटमा समेत कर उठाउने सरकारले नेताहरु पाल्न रकम जथाभावी वितरण गर्छ । दसैँमा वृद्ध भत्ता वितरण हुन सकेन, काठमाडौामा, कतै अन्य जिल्लामा दिएको खवर आयो ।
बजार भाउ अनियन्त्रित हुँदा जनताले एक पेट मिठो खान ऋण गर्नु परेको छ, विदेशमा छन् आफन्त, यहाँ रोजगारी दिन सकिएन । गरीवको आँसु कसले पुछिदिने, ऋणको भार र मारमा परेको देशले यति ठूलो संख्याका नेता र भू पू हरुलाई पाल्ने कसरी ? अर्बौ अर्बको ढुकुटीमा नेताहरुले उपचार भन्दै तर मारेका छन् । आदर्श समाज निर्माणका लागि पहिले आफैँ उदाहरण बन्नु पर्ने थियो तर भागशान्ति र खाने, बाँड्ने काममा सबैको मतैक्यता हुने गरेको छ यहाँ ।
एकै व्यक्तिले उपचार खर्च भनी करोडौँ कुम्ल्याएको अबस्था छ, गरीव देशको यो धनी चालाले देशको विकास कसरी गर्ने ? आर्थिक समृद्धि छैन देशमा, लगानीको वातावरण छैन, समानुपातिकमा छन् उद्यमी, व्यवसायीहरु । घरानिया व्यापारीहरुलाई पनि दलहरुले किनेका छन् र राजनैतिक सिट दिइएको छ ।
समृद्धिको शिखर चुमेका धनाड्येहरुको पनि दल प्रवेशको लर्को देखिन्छ , पति पत्नी नै, साला साली नै, छोरी जुवाइँ नै, भाइ बुहारी नै संसद प्रवेश गर्नु पर्ने अनौठो चालाले देशको हित कसरी ? दलको हित मात्रै भएर देश समृद्ध हुन्न । अस्पताल, शिक्षालयको अबस्था दिनपरदिन खस्कँदो छ,दूर्घटनाहरुबाट मानिसहरुको अकाल मृत्य भइरहेको छ ।
गतिलो र भरपर्दो प्रणालीको अभावमा देश कुरुप देखिँदैछ, पश्चिमा संस्कृति हावी हुँदै नेपाली मौलिक संस्कति धरापमा परेको छ । वर्षभरिकै लामो हिन्दुमार्गीको दसैँमा कोतपूजा, बलि, टीका आदि सबै काममा राज्य संलग्न हुने, हिन्दु बाहुल्यका कैयन चाड पर्वमा लामो नाक देखाउँदै शुभकामना बाँड्ने, सरकारी खर्च पनि मनग्गे गर्ने अनि देश धर्मनिरपेक्ष कसरी भयो त ? निरपेक्ष भए त राज्य कुनै काममा सरिक हुनु भएन नि । संविधानमा एकथरि लेख्ने व्यवहारमा राज्यका संयन्त्रहरुलाई भताभुँग पार्ने शैलि जस्तै हो यो धर्म निरपेक्षता पनि ।
देशैभरि मासुको खपत बढाउने आफैँ दसैँघरमा उपस्थित भइ खर्च गर्ने देश निरपेक्ष कसरी हुन्छ, ९४ प्रतिशत जनता ओमकार परिबारमा छन् भनेपछि निरपेक्षताको अर्थ पनि के हुन्छ ? खेतमा धान रोप्न मल, बीउ पाइएन, पछि रोपो सुक्यो वर्षा भएन, सिँचाइको सुविधा भनिन्छ यहाँ तर अहँ त्यो पनि भएन ।
श्रम गर्नेहरु खाडीमा गए, तिनले पठाएका विप्रेषणले यहाँ नेता पालिए, जनता फालिए, करले किचिए, दसैँ तिहार मात्रै होइन अरुबेला पनि बजार पूरै अस्तव्यस्त छ, अनियन्त्रित छ, अत्यावश्यक औषधिका मूल्य समेत बढेका छन् । एक पेट खान धौ धौ पर्ने गरी खाद्यान्नको मूल्य शिखरमा चढाइएको छ । भारतले शुरुमा आटा, सुजी, पिठो निकासी बन्द गरेको सार्वजनिक भएको थियो, पछि राजदूतले नेपालका लागि निर्यात बन्द गरेको होइन भने तर बजारमा आटा, पिठो, सुजी, चिनी मात्रै होइन, दाल, तेल, गेडागुडी र चामलको भाउ अनियन्त्रित रुपमा बढेको छ ।
नयाँ लुगा लाउने सन्ततिको चाहना छ, बजार पसिसक्नु छैन, सुपथ मूल्यका पसल पहुँचवालाहरुले राख्ने हो, त्यसमा सरकारी अनुदान छैन, कसैले घाटा खाएर सामान बेच्दैन या त सडे, गलेका,मिति नाघेका सामान वितरण गर्नु पर्छ या साइन बोर्ड राख्ने, सामान नहुने वा सकियो भन्नु पर्ने अबस्था छ ।
लामखुट्टेका लार्भा नष्ट गर्ने, स्कूल, कार्यालय, होटल, मन्दिर, व्यापारिक स्थल जहाँ धेरै मानिसहरुको आवतजावत हुन्छ त्यसक्षेत्र वरिपरि फोहोर, मैला, हिलो, पानी जम्न नदिने सचेतनाको अभियानमा सबै चुके । देशमा डिँगुको समस्या, इपिडियोमोलोजी स्वास्थ्य निकायले २ महिना यसको महामारी कायम रहने बताएको छ र हालसम्म सबै जिल्लामा फैलिसकेको छ ।
दसैँ आयो, गयो तर किन आयो थाहा छैन । बजारमा धमाधम म्याद सकिएका सामान बिक्री भए,सडेको पिठोले बनेको सुख्खा रोटी टन्न खान पाउने अवस्था भएन देशमा । सरकार समृद्धिको नारामा व्यस्त छ । उसलाई सत्ता जोगाउने र टिकाउने ध्याउन्न छ, । किशोरीहरु आफन्तबाटै आफ्नो अस्मिता रक्षा गर्न सक्दैनन्, बलात्कृत त भए भए मृत्यवरण नै गर्छन् । सामाजिक संरचना ध्वस्त भएको छ । दसैँमा कुन आशीर्वाद कुन श्राप अत्तोपत्तो भएन ।
धर्म संस्कृतिमा नराम्रो प्रहार भएको छ । तरकारी लगायत चिनी, नुन र सुनसम्म कालोबजारी र तस्करी हुँदैछ । राजधानीमा टिक्न नसकेर ४० प्रतिशत मानिस उपत्यका बाहिर छन् । बजारमात्रै होइन सबै कुरा बिचौलियाको नियन्त्रणमा छ ।
जारको पानीमा एकाएक मूल्य बढ्दा कोही बोलेन । पँक्ति तयार गरुन्जेल महादसैँमा किनमेल गर्नेहरुको भीड आफ्नो सीमामाभन्दा ज्यादा नाका पारि भयो । तराईका सिमापारिबाट अधिकाँश नेपालीहरुले सरसामग्रीहरु ल्याएर गुजारा टारे, हाम्रो देशैभरि खाद्य सुपथ मूल्यका पसलभन्दै ४१ जिल्लामा ४५ पसलहरु राखिएको र काठमाडौँमै ४ स्थानमा राखियो भनियो तर अत्याबश्यक चिनी आदि बस्तु त्यहाँ पाइएन ।
पचासौँ लाख जनता भएको काठमाडौँमा ४ सुपथ मूल्य पसल भनेर नौटँकी गरियो, यसमा पनि राजनीतिको जस्तै झूठको खेती भयो,एक हप्ता त बन्दै गरियो । बाहिर जानेलाई टिकटको नाटक मन्चन भयो तर सबैजसोले रिजर्भ गाडी भन्दै दोब्बर, तेब्बरसम्म रकम असुलेर यात्रुहरु ओसारे, छ यहाँ कतै अभिभावक ? सवारी दूर्घटना नभएको दिन भएन ।
व्यापारीलाई छिटो धनी हुनु पर्ने, तिनले नक्कली, सडेका, ढुसीपरेका, मिति नाघेका, चर्को मूल्यका सामान बिकाए उपभोक्ताहरुलाई, सरकारी संयन्त्र गतिलो भएन । राज्य दोहन गर्न सिपालु नेतृत्वबारे आम व्यापारी पनि अनभिज्ञ छैनन्, जिम्मेवारीबोध पहिले ठूलाबाटै हुनु पर्ने हो । करबाट जम्मा भएको ढुकटीमा अत्यधिक दोहन भएको छ आफू र आफन्त पाल्न ।
भूपूहरुको सुविधाको चाँग हेर्दा नेपाली धर्ती कम्पायमान भइसकेको छ । लूटको धनमा पूmपूको श्राद्ध छ यो सबै खारेज हुनु पर्छ र देशको विकास निर्माणमा प्रयोग हुनुपर्छ, जनतालाई करको मारबाट त्राण दिनु पर्छ ।
भोट बाकसका नाममा जनताको टाउकामा गिरी खेल्ने नेतृत्व नेपाली आमाले चाहेकी होइनन्, संसारको मानचित्रमा देश पछाडि परेको कारण धनको दुरुपयोग भएर हो, कोजाग्रतको महिमा नबुझेर हो, मिहिनेत गर्नुको साटो लुटेर खाने गर्नाले, नीतिले कमाऊ, रीतिले बाँच र प्रीतिले बाँच्न देऊ भन्ने पूर्वीय सूक्तिलाई बिर्सेर हो । देशकी महारानीले पनि खस आर्यको कोटाबाट टिकट पाइन् रे, आफैँ भान्छे आफैँ खान्छे भन्थे हाम्रा पुर्खाहरु ।
चितवन त गोर्खा सरेको छ रे, गोर्खाले सन्यास लिएको हो कि के हो बुझिएन । गोर्खामा अर्की छोरी मिलाउन सके अझ राम्रो हुन्थ्यो नि देशलाई गाई बनाएर
दुहुन कति सजिलो हुन्थ्यो ।