काठमाडौं । इण्डोनेशियाको जाभास्थित फुटबल खेलका दौरान भागदौड मच्चिंदा करिब १ सय ७४ जनाको मृत्यु भएको छ ।
सोही घटनामा १ सय ८० जना घाइते भएका हुन् । हुलदङ्गा मच्चाउने समर्थकमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि भागदौड मच्चिंएर दुर्घटना भएको अधिकारीहरूले बताएका छन् । पूर्वीजाभामा अरमेरा एफसीले परसेबाया सुराबायाविरुद्धको खेल हारेपछि हुलदङ्गा सुरु भएको थियो ।
त्यस लगत्तै प्रहरीले टियर ग्याँस प्रहार गरेको र त्यसपछि भागदौड मच्चिएको प्रहरी प्रमुख निको अफिन्ताले बताएका छन् । मृत्यु हुनेमा २ जना प्रहरी अधिकारीहरू पनि रहेको जनाइएको छ । ३४ जनाको मृत्यु रंगशालाभित्रै र बाँकीको अस्पतालमा भएको प्रहरीले जनाएको छ । इन्डोनेशियाको फुटबल एशोसिएसनले घटनाको छानबिन सुरु गरेको छ ।
त्यहाँको शीर्ष लिग बीआरआई लिग वान एक हप्ताको लागि स्थगित गरिएको छ ।