मेरो नाम नबिला हो । मेरो एउटा छोरो छ । हाम्रो परिवारमा रोटीको जोहो गर्ने म नै हो । मैले जब खाना जुटाएर परिवारलाई खुवाउँछु, म सफल भएको सम्झन्छु
साँच्चै टेबुलमाथि खाना पस्किदिँदा म साच्चिकै शक्तिशाली भएको ठान्दछु । किनकि मैले मेरो परिवारका लागि भोजन जुटाएँ । सधैं मेरो सोच यही नै बनिरहन्छ ।
मैले विगतमा पनि यस्तै सोच्थे । आज पनि यस्तै सोच छ । म निकै जोखिमपूर्ण संकटमा रहेका बेला परिवारका लागि खाना जुटाउन सक्दैनथे । परिवारका लागि गरेको यो कामका लागि मेरो पतिले निकै तारिफ गर्नु हुन्छ ।
म खुशी हुन्छु । मैले गरेको काम सफल भएको सम्झन्छु । परिवारले सम्पूर्ण दायित्व मलाई सुम्पिएको कुरा गरेपछि म निकै खुशी हुन्छु । साँच्चिकै महिला र आमा भएको अनुभूत गर्छु ।
ममा मातृवात्सल्य छ । यसले मलाई घरपरिवारमा हेरचाहका लागि अदभूत शक्ति प्रदान गर्छ । मैले मेरो छोरो र बुहारीलाई यसो गरी काम गर्नुपर्छ भनेर सम्झाउँछु । साँच्चै जीवन यस्तै छ ।
मलाई सम्झना छ, मेरा बुवाआमाले यो भन्दा पनि कडा मेहनत गर्नुहुन्थ्यो । आमा साच्चै दयालु र व्यवहारिक हुनुहुन्थ्यो । उहाँमा सधैं आशा हुन्थ्यो । कति मायालु व्यवहार गर्नुहुन्थ्यो ।
अरू मानिसले उहाँलाई निकै आदर गर्दथे । सामाजिक व्यवहारमा पनि आमा निकै परिपक्व र जेहेन्दार हुनुहुन्थ्यो ।
अहिले मेरो ‘रोल मोडल’ मेरो बुहारी बनिरहेकी छिन् । उनी अधिकारकर्मी पनि हुन् । उनी अरूका लागि धेरै समय खर्च गर्छिन् ।
म रूथजस्तै हुन चाहन्छु । एक पटकको कुरा हो । उनको सासुआमा विरामी परेपछि उनले आफ्नो बुहारीलाई माइतिघर फर्कन र त्यहाँ गएर आरामको जिन्दगी जिउन सल्लाह दिइन् ।
तर रूथले सासु आमालाई कहिल्यै पनि एक्लै छोडिनन् र उनको मृत्युपर्यन्त सेवा गरिरहिन् । यो साचो अर्थमा पारिवारिक दायित्व थियो, जो रूथले कहिल्यै भुलिनन् ।
सासुले पनि बुहारीहरूलाई सधैं माया र हेरचाह गरिरहिन् । तथापि मेरो समुदायमा महिलालाई कहिल्यै पनि सम्मान गरिएन । पुरूषहरूले महिलालाई कमजोर र निर्बल सम्झन्छन् ।
मेरा सपना भविष्यप्रति समर्पित छन् । मैले मेरो परिवारमा नाति र नातिनाहरू जन्मिऊन भन्ने चाहेको छु । मलाई यो विभेद मनभित्र पनि छैन कि नातिनतिना छोरा होऊन् वा छोरी ! सबै बराबरी ।
भगवान मेरा सहाय बनून् । मैले सबैलाई पाउन सकूँ । मानिसले मलाई वुद्धिमान र शान्तिप्रिय महिलाका रूपमा पहिचान गरून् । म अहिलेसम्म कसैको ऋणमा छैन
महिला सधैं सबल बनून् । उनीहरूलाई अरूको सहारामा निरीह भएर बाँच्नु नपरोस् । आफ्ना परिवार र बालबच्चा राम्रो गरी स्याहार्न सकून् । समाजमा प्रतिष्ठित हुन सकून् ।
विजनेस होस् वा नोकरी, आफ्नो खुट्टामा उभिन सकून् । गाईबाख्रा वा भैसी पालन गरेर आतम निर्भर भए पनि हुन्छ । वा, खेती किसानी गरेर पनि । मेरो सुझाव र सल्लाह यही हो ।
केही गरी आफैले कमाउन सकून् !