• मंसिर १२ २०८१, बुधबार

अभिनेता राजु श्रीवास्तवको मत्युपछि भर्चुअल पोस्टमार्टम

आश्विन ६ २०७९, बिहीबार

एजेन्सी । कमेडियन तथा अभिनेता राजु श्रीवास्तवको भेन्टिलेटरमा राखेको ४२ दिनपछि अर्थात् बुधबार मृत्यु भएको छ । स्वास्थ्य लाभको कामना गरिरहेका समर्थकहरु श्रीवास्तवको निधनले स्तब्ध बने ।

श्रीवास्तवको निधनपछि नयाँदिल्लीको एम्स अस्पतालले उनको भर्चुअल प्रविधिमार्फत पोस्टमार्टम गरेको छ । एम्स फरेन्सिक विभागका प्रमुख डा. सुधीर गुप्ताले भर्चुअल अटोप्सीको प्रयोगमार्फत उनको पोस्टमार्टम गरिएको बताए ।

‘यो नयाँ प्रविधि भर्चुअल अटोप्सी हाइटेक डिजिटल एक्सरे हो र यो सिटीस्क्यानको सहयोगले गरिन्छ । पुरानो पोस्टमार्टम शैलीको तुलनामा यसमा निकै कम समय लाग्छ’, उनले भनेका छन् । उनले राजुको पोस्टमार्टम गर्नुपर्ने कारण पनि खुलाएका छन् । ‘सुरुवातमा जब उनलाई एम्समा ल्याइयो, उनी होसमा थिएनन् । परिवारले हामीलाई जिममा दौडिरहँदा लडेको बताएका थिए । जसकारण हामी स्पष्ट हुन सकेनौं । त्यहीकारण हामीले पोस्टमार्टम गर्ने निर्णय लिएका हौं’, उनले भनेका छन् ।