काठमाडौं । नेपाली सर्ट फिल्म ‘भाउ (कस्ट अफ लिभिङ)’ बेलायतको ‘फस्ट टाइम फिल्म मेकर सेशन्स एट पाइनउड स्टुडियोज’ को छनोटमा परेको छ ।
यो स्टुडियो फिल्ममा करियर बनाउन चाहने जो कोहीको लागि लन्चप्याड सिर्जना गरि खोलिएको लिफ्ट अफ ग्लोबल नेटवर्कको सदस्यहरूको साइट हो ।
लामो समयदेखि फिल्म तथा टेलिफिल्ममा अभिनय गरेका कलाकार सुवासप्रसाद गजुरेलले यस फिल्ममा मुख्य कलाकारको रुपमा भूमिका निर्वाह गरेका छन् ।