• आश्विन १४ २०८१, सोमबार

जसपाको मगरात राष्ट्रिय समन्वय समिति  पुर्नगठन

भाद्र ३१ २०७९, शुक्रबार

काठमाडौं ।  जनता समाजवादी पार्टी नेपालको मगरात राष्ट्रिय समन्वय समिति  पुर्नगठन तथा विस्तारित बैठक बिहिबार नवलपुरको कावासोतीमा सम्पन्न भएको छ ।

श्याम माया पुनको अध्ययक्षतामा बसेको बैठकले नयाँ कार्य समिति पुर्नगठन गरोको हो ।

मगरात राष्ट्रिय समन्वय समितिको  बैठकले नेत्र बहादुर थापा मगरलाई अध्ययक्ष पदमा चयन गरेको छ । नेत्र बहादुर थापा मगरको  अध्यक्षतामा  ५१ सदस्य सर्वसम्मतिले चयन भएका छन् ।

कार्यक्रममा जनता समाजवादी पार्टी संघीय अध्यक्ष अशोक राईको प्रमख आतिथ्यमा बैठकले  मगरात भूमि प्राप्ति  र दोभाषीय प्रावधान निर्माण सम्बन्धि महत्वपूर्ण निर्णयहरु गरेको छ। राईले मगरात भूमिको हराएको पहिचानलाई पुर्नजागरण गर्न आवश्यक रहेको दावी गरेका छन्  ।

यसै क्रममा कार्यक्रमका विशेष अतिथी पूर्वमन्त्री शिवलाल थापाले मगरात आन्दोलनका लागि सबैजना अग्रसर हुन जरुरी रहेको बताए ।  उनले  आफ्नो कला ,संस्कृति  र सभ्यताको पहिचानका निम्ति आन्दोलनको आह्वान गरे ।

अर्का विशेष अतिथी प्रवास तथा विशेष समितिका प्रमुश आङ्काजी शेर्पाले नोवाःमा नेवार, तमोमा तामाङ जातीले आफ्नो भूमि जोगाए जसरी मगरले मगरात भूमि जोगाउन जरुरी रहेको बताए । उनले मगरले किन आफ्नो भूमि नखोजेको भनी प्रश्न समेत ठड्याए ।

बिस्तारित बैठकले मगरात भूमि प्राप्तिका लागि दीर्घकालीन र अल्पकालीन आन्दोलनका योजनाहरु तय गरेर जाने उद्धेश्य लिएको छ । आउँदो निर्वाचनलाई इंकित गर्दै मगरात भाषा, कला , संस्कृति , सभ्यता र भूमिको प्रबद्धृनमा योगदान पुर्याउने योजना तय गरिएको छ । सो कार्यक्रममा सरकारी कार्यलयहरुमा दोभाषीय प्रावधान कायम गर्न निती कायम गरेको छ । मगर लिपी र भाषालाई मगरात भूमिमा लागु गर्ने मुख्य उद्देश्य राखेको छ ।

पदाधिकारीको नाम यस प्रकार छन् :
अध्ययक्ष : नेत्र बहादुर थाप मगर
उपाध्ययक्ष : तेजबहादुर थापामगर / जीवन खाती / मिमा गुरुङ्ग / चोपलाल रावल
मुख्य सचिव : राम तामाङ्ग
सचिव : विषम भुजेल / धनबहादुर गुरुङ्ग / गेगाबहादुर घर्तीमगर
कोषाध्ययक्ष: देव परियार