• आश्विन १४ २०८१, सोमबार

एमाले निकट लोकतन्त्रिक मगर संघको अध्यक्षमा दिलबहादुर थापामगर निर्वाचित

भाद्र २९ २०७९, बुधबार

काठमाडौं। नेकपा एमाले सम्बद्ध लोकतान्त्रिक मगर संघ, नेपालको तेस्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । पूर्वगृहमन्त्री रामबहादुर थापामगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघको अध्ययक्षमा सर्वसम्मत रुपमा दिलबहादुर थापामगर निर्वाचित भएका हुन् ।

पार्टी उपाध्ययक्ष थापाले मगर लगायतका आदिवासी जनजाति र उत्पीडित जनताको मुक्ति र विकासको लागि नेकपा एमाले निरन्तर लाग्ने बताए ।

सोही अवसरमा बन्द सत्रलाई अध्यक्ष केपी शर्मा आलीले सम्बोधन गरेका थिए ।सम्बोधनका क्रममा उनले सुखी नेपाली र सम्बृद्ध नेपालको सपना पूरा गर्ने एक मात्र पार्टी नेकपा एमाले भएको दाबी गरे ।

राष्ट्रिय सम्मेलनले निर्वातिच गरेका पदाधिकारीहरु यस प्रकार छन् :
अध्ययक्ष: दिलबहादुर थापामगर
वरिष्ठ उपाध्ययक्ष: पार्वती रानामगर
उपाध्ययक्ष: राज कुमार थापामगर
: हरि कुमार रानामगर
: ज्ञानेन्द्र घरम्जामगर

महासचिव: जीवन थापा मगर
उप–महासचिव: ईश्वर थापा मगर

सचिव: कर्णबहादुर रानामगर
: हर्कबहादुर घर्तीमगर
: गणेशबहादुर घर्तीमगर
: कर्णबहादुर मगर
: समरबहादुर आलेमगर
: दानबहादुर थापामगर

कोषाध्ययक्ष: बिना रानामगर
राष्ट्रिय सम्मेलनमा १५ जना पदाधिकारी सहित १५१ जना सदस्य निर्वाचित भएका छन् ।