काठमाडौं । प्रकाश खप्तरीमगर र रमिला बुढामगरको आवाजमा ‘झ्यालमा ऐना छ’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ । गीतको रमेश परियारको शब्द तथा संगीतमा महेन्द्र भण्डारीले संगीत संयोजन गरेका हुन् ।
मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको भिडियो निर्देशन काजीस श्रेष्ठले गरेका हुन् । मोडल विजय पुन, राजकुमार अधिकारी, नारायणी खत्री र सचिता बोलाखेको अभिनय रहेको भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन् ।
दीपक भिष्टाको भिडियो सम्पादन रहेको सो गीत रमेश परियारको युटुब च्यानलबाट दर्शक श्रोतामाझ सार्वजनिक गरिएको हो ।