• मंसिर १२ २०८१, बुधबार

एकीकृत समृद्धी नेपालको संरक्षणमा रहेका बालबालिकालाई खाद्यान्न तथा आर्थिक सहयोग प्रदान

भाद्र २७ २०७९, सोमबार

काठमाडौं । काठमाडौंमा रहेको एकीकृत समृद्धी नेपाल नामक संस्थाको संरक्षणमा रहेका बालबालिकाहरुलाई ग्लोबल नेप्लिज सेफ सोसाइटी, ग्यास्ट्रोनोमी टुरिजम, इन्टरनेसनल नेप्लिज सेफ सोसाइटी ग्लोबल र सेफ्स एशोसियसन अफ नेपालले संयुक्तरुपमा खाद्यान्न तथा आर्थिक सहयोग प्रदान गरेका छन् ।

‘खानामा शुद्धता तथा स्वस्थता हाम्रो प्रतिवद्वता’ भन्ने मुल नाराका साथ तारकेश्वर–१० मनमैजुमा आयोजित एक कार्यक्रमका सो खाद्यान्न तथा रकम सहयोग प्रदान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहयोगी संस्थाका वर्तमान अध्यक्ष श्याम लामा, पूर्वअध्यक्ष रत्नबहादुर थापा, वर्तमान कोषाध्यक्ष रामकृष्ण थापा, अग्रज सेफ तथा आजीवन सदस्य गणेशजंग रायमाझी सहित वहाँको परिवार र भिलेज क्याफेका सञ्चालक तथा किचनका टिम लगायतको उपस्थिति थियो ।

साथै कार्यक्रममा आजीवन सिनियर सेफ रमेश श्रेष्ठ, तथा वर्तमान बोर्ड सदस्य तथा विशेष सल्लाहकार शेखरकुमार रेग्मी लगायतले खाद्यान्न तथा आर्थिक सहयोग कार्यक्रम प्रदान गरेका थिए ।

कार्यक्रममा सहयोगी तथा उपस्थितहरु बसन्त राई, प्रेम लिम्बू, नवीन लामा, राजकुमारी रायमाझी, कञ्चन रायमाझी, गजेन्द्र मल्ल, हरिदेवी श्रेष्ठ, निरु महर्जन, आस्मा महर्जन, श्याममाया महर्जन, रत्नमाया महर्जन, सरु डंगोल, कृष्णवती डंगोल, चञ्चली महर्जन, श्याममाया डिम्डुङ, श्रीध्वज तामाङ, इन्द्र अर्याल, पदम आले, सुन्दर श्रेष्ठ, उमेश भुवाई, सुनिल तामाङ, निरज थापामगर, विष्णु त्रिपाठी, राधा प्रजापती, सम्जा श्रेष्ठ, पदम घिमिरे, शुक्र तामाङ, श्रीकृष्ण लामा, रेशम कुमार लामा, अर्जुन खड्का, शितल खनाल, पत्रकार कुमार चौलागाईं, रमेश मगर लगायत सम्पूर्णलाई धन्यवाद ज्ञापन गरियो ।