देशको व्यापार घाटा कम गर्न र देशको निकासी बढाउन सरकारले विभिन्न योजना तथा कार्यक्रम अघि सारे पनि देशको व्यापार घाटा बढ्दै गएकाले सरकारको कार्यक्रम सफल भएको देखिएको छैन ।
निकासी बढन् नसक्नु र आयात तिब्र गतिमा बढ्नु देशको व्यापार घाटा बढ्दै जानुमा निकासी कारकतत्वका रूपमा रहेको छ । नेपालबाट निर्यात हुने केही वस्तुहरू अर्बौंमा र धेरैजसो आयातित वस्तुहरू खर्बौंमा आयात हुँदै आएकाले देशको व्यापार घाटा बढ्दै आएको थियो ।
नेपालबाट मुख्य रूपमा निर्यात हुने वस्तुहरूमा कपडा, तयारी पोशाक, गलैंचा, अदुवा चिया, चाउचाउ, अलैंचीआदि रहेका छन् । अघिल्लो वर्षभन्दा अगाडिका आर्थिक वर्षमा गलैंचाको निकासी घटेको थियो ।
तर तयारी पोशाकको निर्यात बढेको थियो । कुनै वर्ष निर्यात बृद्धि हुने वस्तुमा अलैंची परेको थियो भने आयात बृद्धि भएका वस्तुहरूमा पेट्रोलियम पदार्थ, गाडी र पार्टपुर्जाहरू मोबाईल सेट मुख्य थिए ।
वस्तुगत आधारमा पशु आहार, धागो, वनस्पती घिउ, तयारी पोशाक लगायतको कुनै वर्ष निर्यात बढेको छ भने जुस, अलैंची, जिआई पाइप, उनी गलैंचासहितको कुनै वर्षमा निर्यात घटेको छ । समग्रमा, वस्तुगत रूपमा पेट्रोलियम पदार्थ, यातायातका साधन, पार्टपूर्जा, सुन, एमएस बिलेट, पोलिथिन ग्रेनुयल्स लगायतका वस्तुका आयात बढेको छ तर कृषि औजार, पार्टपूर्जा, विद्युतीय सामान, सेनीटरी वेयर्स, खाने तेल, ब्याट्री लगायतका वस्तुहरूको आयात घटबढ भइरहेको छ ।
पशु आहार, तयारी पोशाक, पिना, वनस्पति घिउ लगायतको वस्तुको निर्यात बढेको छ । तर जुस, अलैंची, उनी गलैंचा, पाइप, टुथपेष्ट, लगायतका वस्तुका निर्यात घटेको देखिन्छ ।
भारत, चीन र अन्य देशहरूमा गरिंदै आएको वस्तु निर्यातमा कमी आएपछि समग्ररूपमा व्यापार घाटा पनि बढेको देखिन्छ । करिब २ दशक अगाडिसम्म नेपालले चामल निर्यात गर्दथ्यो ।
हरेक वर्षमा ३५ अर्ब रूपैयाँका भन्दा बढी विदेशी चामल नेपालमा आयात हुँदै आएको छ । नेपालमा इन्धनमात्रै बर्षेनी १ खर्ब ४० अर्बका खपत भइआएको छ ।
वर्षेनी रू. ३२ अर्ब भन्दा बढीको सुनचाँदी र २५ अर्बभन्दा बढीको मोबाइल सेटको आयात भइराखेको छ । नेपालमा बढी आयात भएका वस्तुहरूमा फलाम तथा स्टिल, पेट्रोलियम पदार्थ, सवारी साधन र पार्टपूर्जा छन् ।
नेपालको निर्यात दयनीय भई नेपालबाट बढी निर्यात भएका वस्तुहरूमा चिया, कफी, म्यान मेड स्टेपल फाइबर, कारपेट, कपडा तथा कच्चा पदार्थ, फलाम तथा स्टिल मुख्य छन् ।
अघिल्ला वर्षसम्म पनि भारत, चीन र अन्य देशहरूमा गरिंदै आएको वस्तु निर्यातमा कमी आएपछि समग्ररूपमा व्यापार घाटा पनि बढेको देखिन्छ ।
विदेशमा प्रशस्त माग भएका र सहजै निकासी बजार पाउन सकिने भनी पहिचान भइसकेका कृषि वस्तुहरूका लागि सम्बन्धित जिल्लाहरूलाई सो वस्तुहरूको निकासी जिल्लाहरू भनी घोषित गर्नुपर्ने देखिन्छ ।
यसैगरी विभिन्न निकासी वस्तुहरूको उत्पादन र प्रशोधनमा विशिष्ट स्थान रहेका अन्य जिल्लाहरूलाई पनि क्रमशः निकासी प्रदेश क्षेत्र घोषित गरी निकासी प्रबद्र्धनमा ध्यान दिनु पर्ने देखिन्छ ।
निर्यात प्रबद्र्धन कोष फलदायी र प्रभावकारी निकासी विकास तथा प्रबद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्न सके मात्र निकासी प्रबद्र्धनमा सघाउ पुग्न जाने हुन्छ ।
निकासी गर्न तोकिएका कृषि वा वनजन्य वस्तुहरू उत्पादन गर्न चाहिने जग्गा प्राप्त हुन नसकेमा सरकार र व्यवसायीहरू बिचको समझदारीको आधारमा दीर्घकालीन रूपमा लिजमा व्यवसायीहरूलाई जग्गा भाडामा उपलब्ध गराउन पहल गर्नु पर्ने देखिन्छ ।
उच्चतम मूल्य प्राप्त हुने तर चाँडै सडीगली जान सक्ने कृषिका वस्तुहरू पनि बाह्य देशहरूमा निकासी हुन थालेको वा जान सक्ने सन्दर्भमा यस्ता वस्तुका निकासीकर्तालाई थप प्रोत्साहन प्रदान गर्नुपर्छ ।
सामान बिग्रन वा बिक्री नहुने जोखिमलाई कम गर्न सुरक्षाको लागि विमानस्थलमा अत्याधुनिक शीत गोदाम र रेफ्रिजरेशन प्लान्ट राख्न भन्सार क्षेत्रमा निजीक्षेत्रको सहयोगमा सञ्चालन गरी निजीक्षेत्रको उपयोगको लागि सुविधा दिइनुपर्ने देखिन्छ ।