• मंसिर १ २०८१, शनिबार

नागरिकता पाउनबाट नेपाली नछुटुन्, विदेशी नघुसुन्

भाद्र २३ २०७९, बिहीबार

प्रतिनिधि सभाले नेपाल नागरिकता ऐन २०६३ लाई २०७९ साउन २२ गते बहुमतका आधारमा पारित गरियो । पारित गरिएको विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाइयो राष्ट्रपतिले पुर्नविचारका लागि प्रतिनिधि सभा फिर्ता पठाइएको विधेयक २०७९ भदौ २ गते जस्ताको तस्तै फिर्ता पठाइयो। नयाँ व्यवस्था अनुरुप पारित गरिएको विधेयकमा कति राजनीतिक दलहरू सन्तुष्टि थिए भने कतिपयले विरोध जनाएका थिए ।

२०७९ मा पारित गरिएको विधेयकले राष्ट्रियमा कस्तो किसिमको प्रभाव पार्ला ? यो विधेयक राजनीतिक दलहरूले आफ्नो स्वार्थको लागि ल्याएको हो कि जनताको हक हितको लागि ? आमागी मँसिर ४ गते संघ र प्रदेशको चुनाव हुने पक्का भएको छ। यो विधेयक चुनाव लक्षित पारित गरिएको भन्ने आरोप पनि लाग्दै आएको छ । संंशोधन भएको नयाँ बुदाँ प्रति विवादित देखिन्छ।

वैवाहिक अङ्गिकृत सम्बन्धि विवाद
अहिले पारित गरिएको नयाँ विधेयकमा नेपाली पुरुषले विवाह गरेर ल्याएको विदेशी बुहारीलाई विवाह पछि तत्काल नागरिकता दिने व्यवस्था प्रति विवाद भएको छ । २०६३ सालमा बनेका विधेयकमा विदेशी बुहारी भित्र्याएको ७ वर्ष पछि मात्र नागरिकता दिने व्यवस्था लागू गरिएको थियोे । अहिलेको विधेयकले तत्काल दिन मिल्ने प्रवधान ल्याएपछि विवाद भएको हो ।

तत्काल नागरिकता दिदा उसले नेपालको कुनै पनि चिजलाई नबुझ्ने र नेपाल प्रतिको माया र महत्व नहुने र नेपाली हुनको लागि उसले नेपालको भाषा, सस्कृति, सस्कार जान्नु पर्ने हुनाले समयसिमा हुनु पर्ने अर्को पक्षको भनाइ रहेको छ । अहिलेको नयाँ व्यवस्थाले नेपाली चेलीले विदेशीसँग विवाह गरेको अवस्थामा आमा नेपाली भएकोले वंशजको आधारमा विदेशी बुवाको सन्तानलाई आमाको नामबाट नागरिकता दिने व्यवस्था गरेको छ । यस्तो व्यवस्था कानुनमा भन्दा पहिला समाजमा कार्यन्वय गर्नु पर्ने देखिन्छ।

हाम्रो समाजमा विवाह भएपछि छोरी मान्छे छोरा मान्छेको घरमा जाने प्रचलन रहदै आएको छ । हाम्रो समाज अनुसार घर, थर बुबाको नामबाट नै दिइन्छ । हाम्रो समाज अनुसार नागरिकता बुवाको नामबाट लिइन्छ आमाको नामबाट पनि लिने व्यवस्था छ तर विदेशी बुवा भएकोे अवस्थामा बुवा आफै नेपालको नागरिक होइन भने उसको सन्तानले नेपाली नागरिकता पाउनु कतिको जायज होला ।

यस्तो अवस्थामा कतिपय अवाज पनि आइरहेको छ महिला, पुरुष बिच विभेद भयो तर हामी हाम्रो समाज र संस्कृति भित्र रहेर हेर्दा यो व्यवस्थाले नेपालको समाज सस्कृतिलाई कता डोयाउँछ । नेपालको व्यवस्था अन्तर्राष्ट्रिय हेरेर भन्दा समाज हेरेर लागू गरे समाज समाज अनुसार चल्न सकिन्छ कानुन भन्दा पहिला समाजको अध्ययन गर्न जरुरी छ । जुन चिज कानुनमा छ त्यो समाजमा कार्यन्वय नहुदा समाजले यस्तो व्यवस्थालाई सहजै स्विकार गर्न सकिदैन ।

आमाको नामबाट नागरिकता पाउने

हामी २१औं शताब्दीको अन्त्यतिर आइसकेका छौं । बुवाको नामबाट नागरिकता पाउँदा आमाको नामबाट पनि पाउनु पर्छ । आमाको नामबाट नागरिकता नपाएमा महिला र पुरुषबीच विभेद हुन्छ ।यो नियम कानुनमा उल्लेख गरिएको छ । तर अहिले आमाको नामबाट नागरिकता पाउन बुवाको पहिचान खुल्नु पर्दैन । आमा नेपालको वंशज भएको आधारमा छोराछोरीले आमाको नामबाट नागरिकता पाउन सकिन्छ ।

जुन कुरा कानुनमा व्यवस्था गरियो तर त्यो समाजमा भने कार्यान्वयन हुन सकेको छैन । कानुनले नागरिकता व्यवस्था गरे पनि एकल आमा वा कुमारी आमालाई हाम्रो समाजले स्विकार गर्न सक्दैन ।हाम्रो समाजका अनुसार विवाह पछिको सन्तानलाई मात्रै मान्यता दिइन्छ । हाम्रो समाजमा छोरी मान्छे विवाह गरेर पुरुषको घर जाने प्रचलन रहँदै आएको छ । नेपालको संविधानमा छोरा सरह छोरीलाई पनि अंश दिने भनेर उल्लेख गरिएको छ ।

त्यो भने कार्यान्वयन हुन सकेको छैन । कुनै पनि बुवाआमाले छोरीलाई छोरा सरह अंश दिएको सायद हामीले पाउन सकिंदैन । यस्तो अवस्थामा छोरीले जन्माएको सन्तानलाई नागरिकता दिन सकिएला ? महिला शारीरिक रूपमा कमजोरी हुने बेलाको अवस्था कस्तो होला ?

यस्तो अवस्थामा गास, बास, कपासको जिम्मेवारी कस्ले लेला ? यस्ता बालबालिकाहरूको भविष्य कस्तो रहला ? अहिले काठमाडौं लगायत देशका मुख्यमुख्य सडकमा बेवारिसे बालबालिकाहरू हामीले देख्न सक्छौं । भोको पेट भराउनको निम्ति सडकमा भौंतारिंदै माग्दै हिंडेको र बालश्रम गर्दै आएको दृश्य पनि देख्दै आइरहेका छौं ।

नयाँ प्रवधानसँगै सडकमा बेवारीसे भएका बालबालिकाहरूको उद्दार गर्ने जिम्मेवारी लिए यो प्रावधान प्रभावकारी बन्ला । समय परिवर्तनशील छ । यसलाई आधुनिकिकरण मान्ने वा विकृति अहिले मुख्य मुख्य शहरहरुमा लिभिङ टुगेदर बस्नेको सङ्ख्या बढ्दै गइरहेको छ । बुवाको पहिचान खुल्नु नपर्दा लिभिङ टुगेदर बस्ने प्रवृत्तिको परिणाम कस्तो आउला ? यसको प्रभाव समाजमा पर्ला या कानुनमा ? यस विषयमा गम्भीर भएर सोंच्नु आवश्यक छ ।

नेपालको सिमा भित्र फेला परेको नाबालकलाई वंशजको आधारमा नागरिकता दिने अहिलेको व्यवस्थाले नेपालको सिमा भित्र फेला परेको नाबालकले वंशजको आधारमा नागरिकता पाउने व्यवस्थाप्रति विवाद बढेको छ ।जुन व्यक्ति नेपाली हो उसले नागरिकता पाउनु पर्छ तर नागरिकता जस्तो महत्वपूर्ण चिज अरु व्यक्तिले पाउनु कतिको जायज होला ? नागरिकता जस्तो सवेदनशील चिज दिंदा राज्य वा सम्बन्धित निकायले छानबिन गरी नेपाली भएको प्रमाण भएमा दिंदा ठिक होला । नेपाली हो भन्ने आधारमा नागरिकता दिंदा कत्तिको उचित होला ?

नागरिकता नेपाली नागरिक हो भन्ने प्रमाणिकरण गर्ने प्रमाण हो । जो नेपाली हो जस्ले पाउनु पर्ने हो, उसले आमाको नाम वा बुबाको नाम जस्को नामबाट भए पनि नागरिकता पाउनु पर्छ ।नागरिकता सदुपयोग होस्, दुरुपयोग नहोस् । राजनीतिक दलहरूले आफ्नो स्वार्थको लागिसमग्र जनताको हकहित र अधिकारको लागि लागू गरियोस् ।