• आश्विन ५ २०८१, शनिबार

महिला र किशोरी राष्ट्रका संबाहक हुन् – क्यानाडा मिसन उपप्रमुख स्ट्रोहान

भाद्र २१ २०७९, मंगलवार

काठमाडौं । ग्रामीण भेगमा रहेका अति सिमान्तकृत महिलाहरुले डब्लुपीडी नेपालको साझेदारी परियोजनाले आफूहरुको जीवनमा नयाँ परिवर्तन आएको बताएका छन्।
घर र समाजमा दविएर कष्टकर जीवन बिताइरहेका ति महिलाहरुले रिन्यू परियोजनामा आबद्ध भएपछि उनीहरुको जीवनमा नयाँ परिवर्तन आएको बताएका हुन् ।
डब्लुपीडी नेपालको आयोजनामा रिन्यू परियोजना कार्यक्रमका सहभागी हुँदै उनीहरुले आफ्नो जीवनमा निकै नै परिवर्तन आएको बताएका हुन् ।

रिन्यू सेरिङ मिटिङ कार्यक्रमका प्रमुख अतिथि क्यानाडाका मिसन उपप्रमुख अमान्डा स्ट्रोहानले कार्यक्रममा बोल्दै कोविडको महामारीपछि पनि नेपाल आउन पाउँदा निकै नै खुशी लागेको बताइन् । उनले कोविडको महामारीले यति ठूलो रुप लिनेछ भन्ने नै नसोचेको बताइन् । उनले यस्तो अवस्थामा पनि महिलाहरुले साझेदारी परियोजनामा आबद्ध भई चूनौतिपूर्ण रुपमा काम गर्न सफल भएकोमा खुशी व्यक्त गरिन् । क्यानाडा मार्फत नेपालको दुई वटा जिल्ला मकवानपुर र नुवाकोटमा सञ्चालन भइरहेको साझेदारी परियोजना क्यानाडामा पनि यसको निकै महत्वपूर्ण रहेको बताइन् ।

उपप्रमुख स्ट्रोहानले सामाजिक परिवर्तन, लैङिगक समनता, मौद्धिक समता, शान्ति र सुरक्षा लगायतका विषयलाई समेट्ने परियोजनाले निकै नै महत्व राख्ने बताइन् । महिला र किशोरी राष्ट्रका लागि संबाहक भएको उल्लेख गर्दै उनीहरुलाई सशक्त बनाउनु पर्नेमा जोड दिइन् । उनले नुवाकोट र मकवानपुरमा रहेका महिलाहरुले लैङिगक समनता र महिला लोकतान्त्रिक नीति कार्य योजनामा तथा जलवायू परिवर्तनको क्षेत्रमा काम गरी आर्थिक रुपमै स्वालम्वी बन्दै परियोजनाबाट लाभ हासिल गर्न सकेकोमा खुशी व्यक्त गरे । क्यानाडाले सहयोग गरेको परियोजनाले गाम्रीम भेगका महिलालाई सशक्त र आत्मस्वालम्बी बनाउन नयाँ आत्मा भर्न सफल भएकोमा खुशी बताइन । प्रमुख अथिति स्ट्रोहानले पछाडि परेका महिलाहरुलाई सशक्तिकरण र आर्थिक रुपमै बलियो बनाउन तथा राज्यको हरेक निकायमा पुराउन आफ्नो साथ र सहयोग हुने प्रतिबद्धता गरिन्

त्यसैगरी कार्यक्रममा बोल्दै शिवपुरी गाउँपालिकाका प्रमुख गोविन्द थपलियाले डब्लुपीडी नेपालले आफ्नो क्षेत्रमा काम गरेकोमा दातृ संस्थालाई धन्यवाद दिए । उनले समाजमा पछाडि परेका महिलाहरुलाई सशक्तिकरण गर्दै आर्थिक रुपमै बलियो बनाउन परियोजनाले सहयोग गरेको बताए । आगामी दिनहरुमा यस्ता उपयोगी कार्यक्रमलाई दिर्घकालीन रुपमा अघि बढाउन स्थानीय सरकारसँग पनि सहकार्य गर्न उनले अनुरोध गरे ।

त्यसैगरी रिन्यू सेरिङ मिटिङग कार्यक्रममा बोल्दै मकवानपुर मनोहरी गाउँपालिकाका उपप्रमुख सीता पुलामी मगरले क्यानाडा दातृ संस्थाले सहयोग गरेको कार्यक्रममा सहभागी भएको बताउदै यो परियोजनाले महिलाहरुलाई आत्मनिर्भर बनाएको बताए । डब्लुपीडीको सहयोगमा सञ्चालन भएको कार्यक्रमले आफ्ना क्षेत्रका महिलाहरुले नयाँ जीवन प्राप्त गरेको र आफ्ना हकअधिकार पहिचान गरी अन्याय विरद्ध लड्न सक्ने हैसियत बनाएको बताए । उपप्रमुख पुलामी मगरले यस परियोजनाले महिलाहरुलाई नेतृत्वदायी कार्य गर्न र घर समाजको विकास गर्दै महिला स्यंम आर्थिक रुपमा व्यवसायीकरण हुँदै सक्षम भएको हुँदा यस्ता परियोजना अझ बढी क्षेत्रमा थप्नकोलागि दातृ संस्था क्यानाडालाई अनुरोध गरे ।

त्यसैगरी शान्ति र लोकतन्त्र नेपालका लागि महिला (डब्लुपीडी नेपाल)का अध्यक्ष शोभा श्रेष्ठले कार्यक्रमका प्रमुख अथिति तथा अथितिहरुलाई धन्यवाद दिदै मायाको चिनो प्रदान गरिन् । उनले नेपालका रहेका अति सिमान्तकृत महिला जसभित्र दलित महिलाहरुलाई समेटेर महिला सशक्तिकरण तथा आर्थिक विकास, जातजातिमा हुने भेदभाव, अन्यायको अन्त्य र शान्ति र सद्भाव स्थापना गर्न महिला सशक्तिकरण र सीमान्तकृतहरूको अभियान चलाउदै आएको बताए ।

अध्यक्ष श्रेष्ठले महिला र सीमान्तकृत, स्थानीय संघसंस्था र सामुदायिक कार्यकर्ताहरूको क्षमता अभिवृद्धिमा काम गरिरहेको बताइन् । ग्रामीण समुदायलाई पेशा र सीमान्तकृतबाट मुक्त गर्न स्वैच्छिक कार्य र सामुदायिक सहभागितालाई पुनर्जीवित गर्दै महिलालाई राज्यको हरेक निकायमा पुराउन यो कार्यक्रमले मद्धत गर्ने समेत बताइन् । विशेष गरी रिन्यू परियोजनाले नेपालको गाम्रीण क्षेत्रमा रहेका महिलाहरुलाई नयाँ जीवन दिएको बताउँदै दातृ संस्था क्यानडालाई विशेष धन्यवाद दिदैं आउने दिनमा अझ यस्ता कार्यलाई अगाडि बढाउनु पर्नेमा जोड दिइन् ।

कार्यक्रममा विशेष अतिथि स्थानीय पहल प्रबन्धकका लागि क्यानाडा कोषका प्रथम सचिव स्टेफनी बर्गरोन, त्यसैगरी क्यानडाका अवैतनिक वाणिज्यदूत बुद्ध बस्न्यात, क्यानाडाका प्रतिनिधि इयान फ्रेजर हिर्चफिल्ड, इन्सेकका प्रतिनिधि, कृष्णप्रसाद नेपाल, आरएसडीसीका प्रतिनिधि भावना घिमिरे, सहकारी शिक्षाका प्रतिनिधि विष्णुकुमार श्रेष्ठ र सुधीर कुमार अर्याल, त्यसैगरी जलवायू परिवर्तनका विज्ञ सुदेश सुवेदी, आइटी विज्ञ हेमपाल श्रेष्ठ, मानव अधिकार तथा ग्रामीण भेगका सहभागी महिलाहरुले रिन्यू परियोजनाका बारेमा आ–आफ्ना धारणा राखेका थिए ।