• मंसिर १२ २०८१, बुधबार

‘भेलु बाजे’ र ‘रिसुठ्नी’ रियासाको बेजोड प्रस्तुतीसहित तारकेश्वरमा सुरु भयो मेला महोत्सव

भाद्र १५ २०७९, बुधबार

काठमाडौं । काठमाडौंको तारकेश्वरमा मेला महोत्सव सुरु भएको छ । च्वास्स झोल ममको प्रयोजनमा हुन लागेको सो मेला भाद्र २७ गतेसम्म सञ्चालनमा आउनेछ ।

सहआयोजक समाजसेवी युवाक्लव, पिपलडाँडा मनमैजु रहेको सो मेलामा कृषिजन्य उत्पादनहरु बिक्रीका लागि प्रदर्शनीमा राखिनेछ भने अन्य व्यापारीक वस्तुहरु राखिनुका साथै फूड स्टलको व्यवस्था पनि रहेको छ । मेलामा ठूलो पिङ खेल्न पाइनेछ भने डुंगावाला खेल (कोलम्बस पिङ)मा रमाउन सकिनेछ ।

मेलामा चर्चित राष्ट्रिय कलाकारहरुद्धारा भरपुर मनोरञ्जन प्रदान गरिनेछ । यसका लागि कलाकारहरु रियासा दाहाल, भटभटे, प्रकाश सपुत, ज्योती मगर, भेलु बाजे, कमला घिमिरे र प्रमोद खरेल लगायतलाई निम्ता गरिएको छ ।

यसैबीच मेलाको भाद्र १४ गते एक कार्यक्रमका बीच तारकेश्वर नगरपालिकाका उपमेयर सिर्जना बुर्लाकोटी अर्याल र प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।